सल्यानको झिम्पेको साउनेपानी टेलीफोन टावर संचालनमा आएपछि जनतामा खुसियाली

३० चैत्र २०७७

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. २ झिम्पे साउने पानी टेलीफोन टावर झण्डै २० बर्ष पछि संचालनमा आउदा जिल्ला बासीहरुमा खुसीयाली छाएको छ ।

 

२०५४ पौष ९ गते तत्कालीन बिद्रोही माओबादी र सरकार पक्ष प्रहरी बिच दोहोरो भिडान्त हुँदा टेलीफोन टावर पुर्ण रुपमा क्षेतीग्रस्त भएको थियो । झण्डै २० बर्ष पछि आइतबार दिउँसो २ देखि टेलीफोन टावर संचालनमा आएको नेपाल टेलिकम सल्यानले जनाएको छ । टेलीफोन टावर सन्चालनमा आए लगतै छत्रेश्वरी गाउपालिकाका अध्यक्ष सन्तोष केसीले स्थानीय तहको निर्वाचनमा उक्त टावरका बिषयमा,आफुले गरेको चुनावी प्रतिबद्धता पूरा भएको बताएका छन् । जिल्लाकै महत्व पुर्ण इतिहास बोकेको झिम्पे साउने पानी टेलीफोन टावर आफ्नो कार्यकालमा संचालनमा ल्याउन आफू सफल भएको र यसको संरक्षणमा आफुहरु लागि पर्ने समेत बताएका हुन।

गत बर्षनै छत्रेश्वरी गाउँपालिकाले बजेट बिनियोजन गरेर टावर सम्म बिधुत बिस्तार गरि सकेको र यस बर्ष छत्रेश्वरी गाउँपालिका, नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरण सल्यानको सहकार्यमा उक्त टेलीफोन टावर सन्चालनमा आएको अध्यक्ष सन्तोष केसीले जानकारी दिएका छन् । टावर सन्चालन भए लगत्तै सञ्चार सम्पर्क बाट छुट्टिएको झिम्पे क्षेत्र र रोल्पाको केही भाग लाभान्वित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस