सल्यानको ग्रामीण सहकारीद्वारा सहकारी शिक्षा प्रदान

२९ चैत्र २०७७

ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड शारदा नगरपालिका २ खलंगाको आयोजनामा शनिबार सहकारी संस्थामा आवद्ध आफ्ना नयाँ सदस्यहरुलाई सहकारी सम्बन्धि शिक्षा प्रदान गरिएको संस्थाले जानकारी दिएको छ । कार्यक्रममा सहकारी संस्थाका सचिव सनत कुमार शर्मा र प्रवन्धक शान्ता राईले सहभागीहरुलाई प्रशिक्षण दिदैँ सहकारी नागरिकको सुखदुखको साथी भएको बताएका हुन ।

उनले ऋण प्रवाह गर्ने मात्रै सहकारीको काम नभएको बताउदैँ वचत गर्ने तथा सामाजिक कार्यमा हातेमालो गर्ने काम समेत सहकारीको भएको बताएका थिय । ग्रामीण बचत तथा ॠण सहकारी संस्था लिमिटेड सल्यानका,शिक्षा उपसमिति सदस्य अनुपा शाहको अध्यक्षतामा भएको कार्यक्रममा झण्डै दुई दर्जन बढी नंया सदस्यहरुलाई सहकारीका कोषाध्यक्ष लक्ष्मण कुमार राई लगाएतकाले प्रशिक्षण दिएका थिय ।

प्रतिक्रिया दिनुहोस