बागचौरको शिवरथमा आधारभुत स्वास्थ्य सेवा केन्द्र उद्घाटन

विमला बस्नेत

२० चैत्र सल्यान ।

सल्यानको बागचौर नगरपालिका वडा नं ५ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

बिहिवार भएको उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले
सिंहदरवार केन्द्रित सेवा सुबिधा संघीयताले आफ्नै गाउँघरमा ल्याएको बताएका छन् । आधारभूत स्वास्थ्य सेवा पनि बिकासको जग भएकाले जनताको सेवाको लागी नगर सरकारले जनतामुखी काम गर्ने बताएका थिय ।

नगर प्रमुख बुढाथोकीले बिकासका कार्यहरु नगरपालिका भरि नै तिब्र रुपले भैरहेको र आवश्यकता,भूगोल र त्यसको दृर्घकालिन महत्त्व हेरेर आफुहरुले १२ वटै वडा हरुमा समान रुपले बजेट विनियोजन गर्ने गरेको बताएका छन् । बजेटलाई सहि तरिकाले कार्यन्वयन गरे बिकासको गतिलाई आझै अगाडि बढाउन सकिने भन्दै नगर बिकासको अभियानमा सबै एक भएर लाग्न आवश्यक रहेको बताएका थिय ।प्रमुख बुढाथोकीले आधारभुत स्वास्थ्य सेवा केन्द्रले वडा नं। ५ का जनताहरुलाई सहज हुने भन्दै नियमित सेवा दिन आफुहरु प्रतिबद्ध रहेको बतएका हुन ।

 

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले जनताले स्वास्थ्य सम्वन्धि अधिकार आफ्नै गाउँघरमै पाउँदा आफुहरुको जिम्मेवारी केही हद सम्म पूरा भएको बताइन् । पुनले आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापनाले स्वास्थ्य सम्बन्धि सानो समस्याले पनि टाढा जानू पर्ने जनताको बाध्यता हटेको बताएकी थिइन ।
उद्घाटन कार्यक्रममा बागचौर नगरपालिकाका स्वास्थ शाखा प्रमुख हरी बहादुर कठायत,शिक्षा शाखा का प्रतिनिधि रविकिरण वली ,ईलाका प्रहरी सिमखोली का प्रमुख नरेन्द्र बहादुर चन्द लागएत विभिन्न कार्यालयका प्रमुख तथा अन्य स्थानीय हरुको उपस्थिति रहेको थियो ।

 

उक्त आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट एक जना हेल्थ असिस्टेन्ट र एक जना अनमीले बिरामी हरुलाई सेवा दिरहेको बागचौर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर कठायतले जानकारी दिए ।कार्यक्रममा स्थानीय आमा समूह हरुले गीत नाच मार्फत मनोरञ्जन दिएका थिए ।

 

बागचौर नगरपालिका वडा नं ५ का कार्यवाहक वडा अध्यक्ष बिक्रम रावतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लिलमान भण्डारीले गरेका थिय ।

 

प्रतिक्रिया दिनुहोस