सल्यानको कुमाख गाउपालिकाले स्वास्थ्य कर्मिहरुको लागी छ दिने बृहत पोषण क्षमता अभिवृद्धि तालीम सम्पन्न गरेको छ ।
समापन कार्यक्रममा बोल्दै कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा मगरले सहभागीहरुलाई तालिम बाट सिकेका कुरा,जनस्तर सम्म प्रभावकारी ढंगले लागू गर्न निर्देशन दिएकी छिन । पोषण क्षमता लाई अभिवृद्धि गर्न आफ्नै बानी व्यबहार, सरसफाइ र पोषण युक्त खानेकुरा ब्यवस्थापन गर्न जरुरत रहने समेत बताइन ।अध्यक्ष बुढामगरले पोषण लाई अभिवृद्धि गर्न अर्गानिक तरकारी खेती तथा पशुपालन र कृषि जन्य बस्तु उत्पादन गर्न समेत जरुरत रहेको बताइन् ।
उनिले कुमाख गाउँपालिकामा कर्मचारी पर्याप्त मात्रामा न भएपनी भएको जनशक्तिले प्रभावकारी ढंगले काम कार्वाही गर्नु गाउँपालिकाको मुख्य उधेश्य भएकाले त्यसै अनुरुप आफुहरु जनताको कार्यमा लागि परेको बताइन ।
कार्यक्रमको समापन समारोहमा बोल्दै कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तीले,गाउँपालिकाको समग्र बिकासमा कर्मचारीहरुको विशेष भुमिका रहने बताएका छन् ।उनले कुमाख गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन स्वास्थ्य कर्मीहरुको बिशेश भुमिका रहने भएकाले सबै तहका स्वास्थ्य कर्मीहरुलाई इमानदार,गाउँपालिका र गाउँपालिका भित्रका जनतामुखी भएर काम गर्न आग्रह गरे ।घर्तीले मानिसको जिवनमा पोषण क्षमताको अभिवृद्धि सधै आवश्यक रहने भएकाले तालीमको उपलब्धि लाई जनता सम्म पुर्याएर लागू गर्न समेत आग्रह गरे ।
१९ चैत्र २०७७
तालिमका प्रशिक्षक कुमाख गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मानसिङ वलीले, पोषणका कुरा जनस्तरमा धेरै उठ्ने तर त्यसको लागू नहुने समस्यानै मुख्य बाधक रहेको बताएका छन् । प्राय स्थानीय स्तरमा मानिसहरुले उत्पादन गरेका पोषण युक्त खाने कुरा बजारमा लिएर बिक्री गर्ने र बजारका कम पोषण युक्त खाने कुरा खरिद गरेर ल्याउने र आफ्नो जिविका चलाउने परिपाटीले पनि स्वास्थ्यमा मुख्य समस्या आउने गरेको बताएका थिय ।उनले पोषण क्षमताको अभिवृद्धि बारे जनतालाई बुझाउन सके त्यसको दृर्घकालिन महत्त्व र फाइदा हुने समेत बताए । सहभागीहरुलाई सिनियर अहेव केशरजंग बोहराले प्रशिक्षण दिएका थिय ।
कुमाख गाउँपालिकाको आयोजनामा ६ दिन सम्म संचालन भएको स्वास्थ्यकर्मीहरुको लागि बृहत पोषण क्षमता अभिवृद्धि तालिममा गाउँपालिका भित्रका स्वास्थ्य संस्था प्रमुख,हेल्थ अशिष्टेन,अनमी, अहेव गरेर जम्मा १८ जना स्वास्थ्य कर्मीहरुको सहभागिता रहेको थियो ।
।