सल्यानको निराजन मावि ढोरचौरले लगातार तीन पटक शिल्ड हात पार्न सफल ।

१५ चैत्र २०७७

सल्यानको शिद्वकुमाख गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेको छ । स्वास्थ्यका लागि खेलकुद,रास्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ चैत्र १२ गते देखि सुरु भएको तेस्रो राष्ट्रपति रनिङ शिल्डको शनिबार समापन गर्दै शिद्वकुमाख गाउँपलिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले गाउँपालिकाको समग्र खेलकुद बिकासमा सबैले हातेमालो गर्नु पर्ने बताए  ।

खेलकुद जितहारको लागि मात्र नभएर स्वस्थ जीवन शैली र राष्ट्रको सम्पत्तिका लागि पनि महत्त्वपूर्ण पक्ष भएको बताएका थिय ।अध्यक्ष चलाउनेले प्रतियोगितामा सहभागी सम्पुर्ण बिधालयका खेलाडी हरुलाई खेल क्षेत्रमामा अझै प्रगति गर्न तल्लीन रहन सम्पुर्ण शिक्षक,बिद्यार्थी,अभिभावक लगाएत सरोकारवाला पक्ष संग आग्रह गरेका थिय । यस्तै समापन कार्यक्रममा बोल्दै शिद्वकुमाख गाउँपालिका उपाध्यक्ष पुष्पाकुमारी बोहराले राष्ट्र प्रमुखको नाम बाट खेलिने राष्ट्रपति रनिङ शिल्डले लाखौ बिद्यार्थीहरुको खेल क्षेत्रमा मोह बढेको बताएकी थिइन ।

शिद्वकुमाख गाउँपालिकाको समग्र बिकासमा खेलकुदको पनि महत्त्वपूर्ण भुमिका रहेको भन्दै उपाध्यक्ष बोहराले बिद्यार्थीहरुमा आत्मीयताको साइनो जोडन समेत खेलकुदको महत्त्वपूर्ण भुमीका रहने बताएकी हुन । बोहराले खेलमा हारजित सामान्य प्रक्रिया भएको र त्यसको उपलब्धि संस्थागत गर्न आफुहरु लागेको बताउदै खेलाडीहरुको प्रगति उन्नतिका लागि गाउँपालिका सधै लागि पर्ने बताएकी थिएन । कार्यक्रममा शिद्वकुमाख गाउँपालिका वडा नं.१ वडा अध्यक्ष रामबहादुर बस्नेत,२ का वडा अध्यक्ष रुद्र बहादुर बुढाथोकी लगाएतकाले खेल क्षेत्र राष्ट्रको सम्पत्ति र खेलाडी राष्ट्रको गहना भएको बताएका छन् ।उनिहरुले जितेका खेलाडीहरुलाई न मात्तिन्न र हारेका खेलाडीहरुलाई न आत्तिन आग्रह समेत गरेका थिय ।निरन्तर अभ्यासका साथै अनुशासित ढंगले खेल क्षेत्रमा लागि परे सफलता प्राप्त हुने समेत बताए ।

निराजन माध्यमिक बिधालय ढोरचौरले ९ स्वर्ण ७ रजत, सहित शिल्ड आफ्नो हात पार्न सफल भएको छ ।निराजन माध्यमिक बिधाल ढोरचौरले नियमित तीन बर्ष यता शिल्ड हातपार्द्वै आइरहेको बिधालयका प्रधानध्यापक धर्मराज घर्तीले बताए । कार्यक्रममा ४ स्वर्ण ५ रजत ३ कास्य सहित नेपाल राष्ट्रिय मा.वि वडाकाडा दोस्रो,२ स्वर्ण ४ रजत ५ कास्य सहित सिद्ध मावि भडारे तेस्रो हुन सफल भएका थिय । रनिङ शिल्डमा देउराली मावि कुइयाँझोल, महेन्द्र आदर्श मावि बाझकाडा र शान्ति सुन्दर मावि खार्वन लगाएत ६ वटा बिधालयहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस