१४ चैत्र २०७७
सल्यानमा माटो खन्ने क्रममा माटोको ढिस्कोले लागेर एक जनाको महिलाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर घाईते भएकी छन् ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ साल्घारी खर्केडाडा बस्ने ४५ वर्षीया एली चलाउनेको माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । माटोको डिस्कोले पुरिएर गम्भिर घाइते चलाउनेको जिल्ला अस्पताल सल्यानमा उपचारको शनिवार बेलुका करिब साँढे ५ वजे तीर मृत्यु भएको प्रहरीले जनाएको छ । दिउसो ५ जना महिला घर देखि १० मिनेट टाढा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले लागेर सोही ठाउँ बस्ने ३२ वर्षीया पौरी बोहरा र यली चलाउने गम्भिर घाईते भएका थिए ।
गम्भिर घाईते बोहराको भने श्रीनगरमा रहेको सारदा मेट्रोमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । माटो खन्न गएका वाँकी तीन जना महिला भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।