कालिमाटी गाउँपालिकाका महिला स्वास्थ्य स्वयं सेविकाहरु लाई स्वास्थ्य सामाग्री हस्तान्तरण

१२ चैत्र २०७७

सल्यानको कालिमाटी गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले स्वास्थ्य महिला स्वयं सेविकालाई समाजको अग्रभागमा रहेर काम गर्ने शक्तिको रुपमा आफुहरुले हेर्ने गरेको बताएका छन् ।

 

बुधबार खानेपानी सिंचाई तथा उर्जा बिकास कार्यालय सल्यानले कालिमाटी गाउँपालिकामा गरेको,खानेपानी सरसफाइ सम्बन्धि महिला स्वयं सेविका संग अन्तरक्रिया तथा सामाग्री बितरण कार्यक्रममा बोल्दै अध्यक्ष केसीले निस्वार्थ भावना सहित आधारभुत स्वास्थ्य क्षेत्रमा अमुल्य योगदान पुर्याउदै आइरहेका महिला स्वयं सेविकाहरुको भुमिका गाउँ सममाजको लागि महत्त्वपूर्ण रहेको बताएका छन् । न्यून पारिश्रम लिएर पनि सबै भन्दा बढी आफ्नो काममा खटिने शक्तिको रुपमा महिला स्वयं सेविका रहेको र उनिहरुको प्रोत्साहनको लागि कालिमाटी गाउँपालिकाले विभिन्न कार्यक्रमहरु अगाडि बढाएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष केसीले कोभिड लाई लक्षित गरेर चेतनामूलक कार्यक्रमका साथ स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम गरेकोमा कार्यक्रम आयोजक कार्यालय लाई धन्यवाद समेत दिएका थिए ।अध्यक्ष केसीले फेरि पनि कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सबैलाई सचेत रहन आग्रह गरे ।कार्यक्रममा बोल्दै कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख बहादुर थापाले गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयं सेविका हरुलाई गाउँपालिको तर्फबाट यस बर्ष देखि मोबाइल रिचार्ज कार्डको समेत ब्यवस्था गरेको बताएका थिय । थापाले प्रत्येक बर्ष उत्कृष्ट काम गर्ने महिला स्वयं सेविका लाई सम्मान गर्द्वै आइरहेको र आगामी दिनमा गाउँपालिकाको तर्फबाट आफुहरुले यस्ता कार्यक्रम अगाडि बढाउने समेत बताए ।यस्तै गाउँपालिकाका कृषि शाखा प्रमुख बुद्धि बहादुर वलीले उक्त कार्यक्रम प्रभावकारी रहेको बताएका थिए ।वलीले स्वस्थ रहनलाई आफ्नो बानिको सुधार गर्नु पर्नेमा जोड दिन आवश्यक रहेको बताए ।

 

कार्यक्रममा खानेपानी सिंचाई तथा उर्जा बिकास कार्यालय सल्यानकी महिला अधिकृत सम्झना केसीले आफुहरुले उक्त कार्यक्रम गर्नुको मुख्य उधेश्य भनेको कोभिड -१९ लाई लक्षित गरेर सबैलाई सचेतना फैलाउनु रहेको बताएकी थिइन् ।केसीले आफ्नो कार्यालयको बार्षिक कार्यक्रम अन्तरगत रहेर उक्त अभियान थालिएको र कार्यक्रमको प्रभावकारीता लाई बढाउन महिला स्वास्थ्य स्वयं सेविका लाई सामाग्री बितरण र अन्तरक्रिया गरिएको बताएकी हुन । कार्यक्रममा कालिमाटी गाउँपालिका भित्र रहेका ३६ जना महिला स्वास्थ्य स्वयं सेविकालाई स्वास्थ्य सामाग्री     हस्तान्तरण  गरिएको थियो । मोहन वलीको सहजीकरण बाट सुरु गरिएको कार्यक्रमको संचालन खानेपानी सिचाई तथा उर्जा बिकास कार्यालय सल्यानका प्राविधिक राजेश वलीले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस