सल्यानको श्रीनगरमा २ दिने निशुल्क आँखा शिबिर सम्पन्न

१० चैत २०७७

सल्यान श्रीनगरमा संचालन गरिएको दुई दिने आँखा शिबिरमा ८ सय भन्दा बढीले आँखा परीक्षण गराएका छन् ।

 

नर्विजिएन दृष्टिबिहिन तथा अल्प दृष्टि युक्त संघ ( NABP) आई केयर कार्यक्रम नर्वेको आर्थिक सहयोग,नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजना र आँखा उपचार केन्द्र सितलपाटी सल्यानको सहकार्यमा भएकोे आँखा शिविरमा ८ सय २१ जनाले आँखा परीक्षण गराएका हुन । आइतबार र सोमबार संचालन गरिएकोे दुई दिने शिबिरमा २ सय ८८ जना पुरुष र ५ सय ३३ जना महिलाले आँखा चेक जाँच गराएको आँखा उपचार केन्द्र शितलपाटी सल्यानकी प्रमुख नविना चौधरीले बताइन । उनका अनुसार १ सय ७९ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ । जस मध्ये ३ जनाको सामान्य शल्यक्रिया गरिएको छ भने ३ जनालाई रिफर गरिएको बताएकि छन् ।

शिबिरमा आएका प्राय बिरामीहरमा ग्रामिण स्तरमा सरसफाईको कमिले र आँखाको ख्याल नगर्ने बानिले आँखामा समस्या बढि देखिएको नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौरका कार्यक्रम संयोजक तथा नेत्र अधिकृत शालिकराम गौतमले बताए,आँखा शिविररमा जाँच गर्दा आँखामा अन्धोपना बढि देखिएकोे, आँखा चिलाउने, बिझाउने, आँखाको नानिमा मासु पलाएका बिरामीहरु र बच्चाहरुमा पनि चस्मा लगाउनु पर्ने अवस्था बढि देखिएको गौतमले बताए । उनका अनुसार आफुहरुले आँखा अस्पताल देखि टाढा र आर्थिक अवस्थाका कारण उपचार बाट बञ्चित भएकाहरुलाई निशुल्क सेवा दिने उदेश्यले बिभिन्न स्थानमा निशुल्क रुपमा आँखा शिविर संचालन गर्दै आइरहेको बताएका छन् । बर्षिक रुपमा १५ देखि २० ठाउँहरुमा निशुल्क आँखा शिविर संचालन गर्दे आएको र ९ हजार देखि १० हजार जनाको आँखा जाँच गर्ने लक्ष्य राखेको उनको भनाइ छ । अहिले सम्म दाङ, रोल्पा, रुकुम पुर्व र सल्यानमा आँखा शिविर बाट ४ हजार भन्दा बढि मानिसको आँखा परिक्षण गरिसकिएको नेत्र अधिकृत गौतमको भनाई छ।

कडा खालको सुगर र प्रेसर देखिएका बिरामीलाई निशुल्क शल्यक्रियाको लागि राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा रिफर गरिएको डा. सुलक्ष्मी कटुवालले बताइन् । उनले आँखा शिबिरमा एक महिनाका बालबालिका देखि ९६ बर्षका बृद्वबृद्वा सम्मकाले सेवा लिएका र ४६ बर्ष देखि ८१ बर्ष सम्मकाको आँखाको शल्यक्रिया गरिएको समेत बताइन् । डा कटुवालले आँखा मानिसको महत्वपुर्ण अंग हो, आँखाको बढि ख्याल गर्नुपर्छ, आँखा सामान्य भए पनि बर्षमा एक पटक अनिवार्य चेक जाँच गर्नुपर्छ, आँखामा कुनै पनि समस्या आएमा आँखा जाँच गराइहाल्नु पर्ने बताइन् । आफ्नै जिल्लामा निशुल्क रुपमा आँखाको उपचार गराउन पाउँदा बिरामीहरुले आफू खुसी भएको बताएका थिय ।आगामी दिनहरुमा यस्ता शिबिरहरु संचालन गर्न समेत सम्बन्धित निकायलाई आग्रह गरेका हुन ।

प्रतिक्रिया दिनुहोस