बिश्व पानी दिवस सल्यानमा पनि मनाइयो ।

९  चैत्र २०७७

प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस आज सल्यानमा पनि एक कार्यक्रमका बिच मनाइएको छ ।

 

खानेपानी सिचाइ तथा उर्जा बिकास कार्यालय सल्यानको आयोजनामा त्रिवेणी गाउँपालिका सल्यानमा भएको पानी सम्बन्धि जनचेतनामूलक कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले पानी बिनाको जीवन कल्पना पनि गर्न नसकिने बताएका छन् ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डाँगीले पानी लाई मुहान देखि मुख सम्म शुद्धीकरण गर्न आवश्यक रहेको बताएका हुन । शुद्ध पिउने पानीले मान्छेको जिवनलाई विभिन्न रोगहरु बाट बचाउने भन्दै गाउँपालिका पनि त्यस तर्फ लागि रहेको बताए ।उनले त्रिवेणी गाउँपालिका सल्यान अन्य बिकासका कार्य संगै, जनता सम्म खानेपानीका योजनाहरुलाई प्रभावकारी ढंग बाट अगाडि बढाउदै गइरहेको समेत बताए ।अध्यक्ष डाँगीले बिश्व पानी दिवसको अवसरमा गाउँपालिका बासीलाई शुभकामना समेत दिएका थिय ।

 

 

कार्यक्रममा बोल्दै खानेपानी सिंचाई तथा उर्जा बिकास कार्यालय सल्यानका कार्यालय प्रमुख पदम राज देवकोटाले सल्यान जिल्लाका विभिन्न स्थानीय तहहरुमा खानेपानीका योजनाहरु सम्पन्न गरि सकेको र केही क्रमिक रुपमा रहेको बताए ।पानी दिवशको अवसरमा बोल्दै देवकोटाले शुद्ध पिउने पानी जनता सम्म पुर्याउनु अहिलेको आवस्यकता रहेको बताए ।उनिले आफुहरुले पानीको योजनाहरु संगै स्वास्थ्य र सरसफाइ सम्बन्धि समेत विभिन्न चेतनामूलक कार्यक्रमहरु संचालनमा ल्याएको बताए । यस्तै कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले शुद्ध पिउने पानी जनता सम्म पुर्याउने लक्ष्य सहित आफुहरुले काम गरिरहेको बताए ।उनले शुद्ध पानी पिउनु जनताको अधिकार भएकाले अधिकार जनतालाई दिलाउनको लागि त्रिवेणी गाउँपालिका प्रतिबद्ध रहेको बताएका छन् ।कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले पानी जन्य रोगहरु बाट बच्नको लागी शुद्ध पानी पिउनु पर्ने बताए ।श्रेष्ठले पानी शुद्धीकरण गर्नको लागि विभिन्न बिधि बारे जानकारी दिएका थिय ।

 

मूल्यवान पानी भन्ने मुलनारा सहित संचालन गरिएको उक्त कार्यक्रममा खानेपानी सिचाइ तथा उर्जा बिकास कार्यालयका सल्यानका सव इन्जिनियर पुर्ण वली,जेसी नेपाल सल्यानका अध्यक्ष कृष्ण वली,पत्रकार,महिला स्वास्थ्य स्वयंसेविका लगाएतको उपस्थिति रहेको थियो । खानेपानी तथा उर्जा बिकास कार्यालयकि महिला अधिकृत छैठौं सझना श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन असिस्टेन्ट सव इन्जिनियर राजेश वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस