सल्यानको बागचौर नगरपालिकामा भ्यू-टावरको शिलान्यास

९ चैत २०७७

सल्यानको बागचौर नगरपालिकामा भ्यू-टावरको शिलान्यास गरिएको छ ।

बागचौर नगरपालिका वडा नं.२ लस्तम अग्लाटाकुरामा निर्माण गर्न लागीएको बहुप्रतिक्षित भ्यू- टावरको आइतबार शिलान्यास गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीलेले नगरको पर्यटन बिकासमा भ्यू टावरको महत्त्वपूर्ण भुमीका रहने बताएका छन् ।नगर प्रमुख बुढाथोकीले नगरको बहुआयामिक योजना मध्ये उक्त भ्यू टावर रहेको र उक्त भ्यू टावर निर्माण कार्यलाई तिब्रता दिने बताएका छन् । नेपाल भरीका डाँगी जातिहरुको उद्घगम थलोका रुपमा स्थापित लस्तम प्रीतिकोट अग्लाटाकुरामा बन्ने भ्यू-टावर बाट नगरपालिकाका केही वडा बाहेक सबै वडा तथा रुकुम र जाजरकोट का केही भागहरु सजिलै दृश्यावोलकन गर्न सकिने बुढाथोकीले बताए ।

 

योजना निर्माण कार्य जारी हुँदै गर्दा पनि स्थानीयहरु र छिमेकी पालिकाबाट विदाको दिन अन्य समयमा दृश्यावोलकन गर्न “रिफ्रेश “हुन अाउनेहरुको संख्या बढिरहेको स्थानीय टिकाराम डाँगीले वताएका छन् । उक्त योजना करिव ७५ लाखमा निर्माण हुन लागेको नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस