घाइते ब्यक्तिको लागि दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी द्वारा आर्थिक र खाद्यान्न सहयोग ।

५ चैत्र २०७७

सल्यान दार्मा गाउँपालिका वडा नं. ५ ढाकाडाम भालुखोलाकी ३६ बर्षिया मिना खड्काको परिवारलाई दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी ( अरुण ) ले ब्यक्तिगत रुपमा आर्थिक तथा खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।
२०७६ पौष १९ गते गोरुको आक्रमण बाट घाइते भै बेडमै रहेकी खड्काको घरमा पुगेर दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी ( अरुण)ले ब्यक्तिगत रु २० हजार नगद र खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन । बुधबार घाइते खड्काकै घरमा पुगेर अध्यक्ष केसीले उनका श्रीमान लगाएत परिवार र आफन्त जनलाई सान्तोना दिदै मिना खड्काको उपचार र परिवारको आर्थिक समस्या टार्नको लागि आफुले मनै देखि सहयोग गर्ने बताएका हुन । अध्यक्ष केसीले यस्तो दु:खद अवस्थामा घाइते र उनको परिवार प्रती सहानुभूति प्रकट गर्द्वै सहयोगमा जुट्नु मानवीय धर्म भएकाले त्यस तर्फ लागि पर्न सबैलाई अनुरोध गरे । उनको उपचारका लागि हाल सम्म आर्थिक रकम संकलन गर्न अभियान चलाउने अतिराम वली,नरेश खड्क,गोपाल वली लगाएतका ब्यक्तिलाई धन्यवाद दिएका थिय ।
घाइते मिना खड्का लाई गाउँपालिकाको तर्फ बाट सहयोग गर्नको लागि उनिको नागरिक्ता हाल सम्म पनि न बनेको र त्यसको लागि बुधबारनै वडा अध्यक्ष,वडा सचीव घरमै पुगेर नागरिकताको लागि आवश्यक कागजात पूरा गरिएको दार्मा गाउँपालिका वडा नं.५ का वडा सचिव केशव केसीले जानकारी दिए ।केही दिन भित्रमै नागरीकता बनाएर राज्यबाट पाउने सेवा सुबिधा दिलाउन आफुहरु लागि परेको वडा नं.५ का वडा अध्यक्ष रबिन केसीले बताएका छन् ।
गोरुको आक्रमण बाट ३६ बर्षिया मिना खड्काको मेरुदण्ड भाचिएको र त्यसको उपचार गर्ने पैसा नहुदा घरमै राखी रहेको बताउदै उनका श्रीमान बिरेन्द्र खड्काले सक्दो सहयोग गरिदिन सबैलाई अनुरोध गरेका छ्न । आफ्नो आर्थिक अवस्था कम्जोर भएको बताउदै खड्काले हाल सम्म रिन साउ र सहयोगी बाट प्राप्त रकमले उपचार गरिरहेको समेत बताए । बुधबारनै घरमै पुगेर लोकदोरी क्षेत्रका सर्जक तथा संगीतकार रामु खड्का,लोकदोहरी गाएक बिनोद बाबू केसीले आर्थिक सहयोग गर्नुका साथै अझै सहयोग गर्ने प्रतिबद्धता गरेका थिय ।
प्रतिक्रिया दिनुहोस