शारदा नगरपालिका सल्यानको तेस्रो मेयर कप तथा रास्ट्रपति रनिङ शिल्ड कार्यक्रमको उद्घाटन ।

५ चैत्र २०७७

सल्यानको शारदा नगरपालिकामा विहीवार देखि तेस्रो मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ ।
सल्यान सदरमुकामख खलंगा स्थित लुहापिङ खेलमैदानमा सुरु भएको तेस्रो मेयर कप तथा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्द्वै जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डेले सवैले खेल खेल्ने वानीको बिकास गर्नुपर्ने बताएका छ्न । खेल जित्नका लागी मात्रै नभएर आफ्नो स्वास्थ्यलाई तन्दुरुस्त राख्न पनि मद्धत गर्ने भएकाले खेल खेल्ने वानीको विकास गर्नुपर्नेमा जोड सिएका हुन । न्यायाधीश पाण्डेले खेलाडीहरु परिवार, बिद्यालय, समाज र समग्र राष्ट्रको गहणा भएको बताउदैँ खेल क्षेत्र र खेलाडीहरुको विकासको लागी सबै लाग्नुपर्नेमा जोड दिएका थिय ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले खेलाडीको प्रोत्साहनको लागी खेल क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएकी छिन ।बिशिस्ट अतिथि समेत रहेकी खतिवडाले कार्यक्रम सफलताको शुभकामना दिदै खेलाडीको उज्ज्वल भबिष्यको कामना समेत गरेकी थिइन । शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशव सिंह श्रेष्ठले लगाएतकाले
शुभकामना मन्तव्य राखेका थिय ।
शारदा नगरपालिकाका स्रोत ब्यक्ति बिर बहादुर सेजवालको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन लिलाधर बबालले गरेका थिय भने । चैत्र ९ गते सम्म संचालन हुने प्रतियोगितामा विभिन्न विधाहरुमा खेल भैरहेका छन् । जसमा भलिवल, कपर्डी, एथ्लेटिक्स, तेकान्दो लगाएका प्रतियोगिता सञ्चालन भैरहेको शारदा नगरपालिकाले जनाएको छ । प्रतियोगितामा नगरपालिका भित्रका चार दर्जन बढी बिद्यालयहरुले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस