५ चैत २०७७
सल्यान शारदा नगरपालिका ६ घर भई हाल श्रीनगरमा बस्दै आएकी २२ वर्षिया ज्योति कुमारी बुढाथोकी आफ्नो २ वर्षे छोरा सहित चैत्र ४ गते देखि सम्पर्क विहिन भएकी छन ।
श्रीनगरमा कोठा भाडामा बस्दै आएकी ज्योतिका २ सन्तान मध्ये ५ वर्षकी छोरी लाई छोडेर छोरा सहित सम्पर्क विहिन बनेकी हुन ।
उनका परिवारले उनलाई भेट्ने व्यक्तिले ९८६८२४४५९५ वा प्रहरीलाई सम्पर्क गरिदिन आग्रह गरेका छन ।
सम्पर्क विहिन ज्योतिका श्रीमान हाल बैदेशीक रोजगारीको सिलसिलामा मलेसिमा रहेको बताइएको छ ।