चैत्र ३, सल्यान ।
सल्यानको दार्मा गाउँपालिकाले साँस्कृतिक प्रतिरोध दिवसका अवसरमा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
दिवसका अवसरमा गाउँपालिकाका भित्रका ३ दर्जन भन्दा बढि श्रष्टालाइ सम्मान गरेको हो ।
गाउँपालिकाले सम्मान गर्नेहरुमा हजारौ गितका सर्जक रामु खड्का, गायक तथा सर्जक विनोद बाबु केसी, साहित्यकार तथा संचारकर्मी हिरालाल केसी, संगीतकार कुल बहादुर पाण्डे रहेका छन । त्यस्तै गाउँपालिकाले विभिन्न क्षेत्रमा क्रियाशिल नयाँ तथा पुराना स्रष्टा तथा कलाकारलाइ सम्मान गरेको छ । कार्यक्रममा स्थानीय कला साँस्कृति झल्कने विभिन्न साँस्कृतिक झाँकी प्रस्तुत गरिएको छ ।
स्रष्टा सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नीम बहादुर केसीले गाउँपालिकाले साँस्कृती संरक्षणको क्षेत्रमा पनि विभिन्न गतिविधि गर्नुका साथै श्रष्टाको सम्मान पनि गर्ने बताए । उनले गाउँपालिकाले उज्यालो दार्मा, दर्माली घाउटा लगायतका गीतहरुबाट पुराना र नयाँ कलाकारको संयोजन गरेको बताए ।
कर्णाली प्रदेश सरकारका सल्लाहकार भीम प्रकाश शर्माको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा वादी समुदायको उत्थान समितिका पुर्व उपाध्यक्ष पुष्प वादी र कलाकार रामु खड्काको विशिष्ट आतिथ्यता रहेको थियो ।