६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई जिल्लाभरमा खोप केन्द्र स्थापना गरेर खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।जिल्लामा फागुन २३ गते देखी २६ गते सम्म पहिलो चरण र फागुन २७ गते देखी चैत १ गते सम्म दोस्रो चरणमा गरेर खोप अभियान सञ्चालन गरिने, स्वास्थ्य सेवा ब्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिएका छन् ।शनिबार जिल्लाका विभिन्न संचारमाध्यमा कार्यरत पत्रकारहरु संगको एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै श्रेष्ठले,जिल्लाभरमा झण्डै १३ हजार सर्वसाधारण नागरिकहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउने तयारी भै रहेको बताएका छ्न ।जसअनुसार पहिलो चरणमा शारदा नगरपालिका, छत्रेश्वरी, त्रिबेणी, कपुरकोट र कालिमाटी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने बताए । यस्तै दोस्रो चरणमा बन्गाड कुपिण्डे नगरपालिका र बागचौर नगरपालिका, सिद्ध कुमाख गाउँपालिका, कुमाख गाउँपालिका र दार्मा गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने र । पहिलो चरणमा खोप अभियान सञ्चालन हुने पाँच स्थानिय तहमा ३० वटा खोप कन्द्र तोकिएको । जसका लागि खोप सुपरिवेक्षक र खोपकर्ताहरुलाई खोप सम्बन्धी तालिम दिईसकिएको बताएका छन् ।
२०६८ सालको जनगणना अनुसार जिल्लाभरमा ६५ बर्ष उमेर समुह माथिका १६ हजार २ सय ५ जना नागरिक भएपनि झण्डै १३ हजार नागरिकलाई खोप दिने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार हाल जिल्लामा १२ हजार ५ सय भाइल खोप आएको छ भने यस अघिको ८ सय ८४ भाइल खोप वचत रहेको थियो।