२२ फागुन २०७७
श्री गायत्री प्राथामिक विद्यालय त्रिवेणी गाउँपालिका वडा नं. ५ ढोरचौरको ३१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ ।
शुक्रवार भएको बिधालयको ३१ औ बार्षिक उत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि त्रीबेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले बिधालयको प्रगतिको कामना सहित शुभकामना व्यक्त गरेका थिय,गाउँपालिका अध्यक्ष समेत रहेका डाँगीले बिधालयको शैक्षिक सुधारका साथ भौतिक संरचना सुधारको लागि गाउँपालिका लागी पर्ने बताएका हुन ।कार्यक्रमका बिशिस्ट अतिथि छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बिधालय भनेको शैक्षिक ज्ञान प्राप्त गर्ने मन्दिर भएकाले त्यसको उन्नति प्रगति र स्तर वृद्धिका लागि सबै लाग्नु पर्ने बताए ।अध्यक्ष केसीले बिधालय लाई शुभकामना दिदै गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको र गुणस्तरीय शिक्षा प्रदान गर्न सबै प्रतिबद्ध रहनु पर्ने बताए ।
कार्यक्रममा त्रिबेणि गाउँपालिका उपाध्यक्ष करुणा खड्का, गाउँपालिका शिक्षा शाखा प्रमुख गणेश प्रशाद आचार्य,वडा नं.६ का वडा अध्यक्ष मानबहादुर वली,४ का छविलाल शर्मा लगाएत विभिन्न राजनीति दलका ब्यक्ति हरुले शुभकामना मन्तव्य राखेका थिय ।बिधालय ब्यवस्थापन समितीका अध्यक्ष संगम बिहानीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक बिद्यार्थी,अभिभावक ,बुद्धिजीवी ,समाजसेवी ,पत्रकार , सुरक्षा निकाय,खेलाडी लगाएत सर्वसाधारणको उपस्थिति रहेको थियो । बार्षिक उत्सव कार्यक्रमको अवसरमा विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत संचालन गरिएको अध्यक्ष संगम बिहानीले जानकारी दिए ।