सल्यान खलंगामा भएको एक कार्यक्रममा सल्यानका भुमिहिन तथा सुकुम्बासीहरुले बास बस्ने एक टुक्रा जमिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।
इन्सेक सल्यानले आयोजना गरेको आवासको अधिकार सम्बन्धि सरोकारवा बिच अन्तरक्रिया कार्यक्रममा बोल्दै भूमिहिन जीवन कटाई रहेका बादी समुदायले आफ्नो नाउँमा एक टुक्रा जमिन पाएको देख्न एउटा मात्र धोको रहेको बताए छन् ।उनीहरुले आफ्नो नाममा एक घर र आफ्नै जमिनमा हलो जोतेर जिविकोपार्जन गर्ने चाहाना रहेको समेत बताएका हुन ।पुस्तौंदेखि ऐलानी जग्गामा बस्दै आएको तर आफ्नो नामा एक टुक्रा पनि जमिन नभएको भन्दै सल्यान शारदा नगरपालिका वडा नं. ३ संगीतटोलकी अनिता गन्दर्भले ‘आफूजस्तो सुकुम्बासी आउँदो पुस्ता नबनोस , छोराछोरीको साथम जग्गाधनीको प्रमाण पत्र होस भनेर सरकार संग अपेक्षा व्यक्त गरेकी थिइन ।
कार्यक्रममा बोल्दै भूमि सम्बन्धि समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोक बहादुर डाँगीले भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित रुपमा बस्दै आइरहेका नागरिकलाई सरकारले जमिनको व्यवस्था गर्न थालेको बताएका छन् ।डाँगीले नेपालमा २०११ सालदेखि भूमि समस्या समाधान गर्न पहल भइरहेपनि यस आयोगले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित रुपमा बस्दै आइरहेका नागरिकलाई जग्गा उपलब्ध गराउने दावी गरेका छन् । अध्यक्ष डाँगीले जिल्लामा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलन कार्य भइरहेको बताउदै सल्यानमा धेरै अव्यवस्थित बसोबास रहेको बताए ।
इन्सेकको इएलपी परियोजनाका संयोजक रामचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधी मिना बुढाथोकीले गरेकी थिइन्