सल्यानको दार्मा गाउँपालिकामा प्रसुती सेवा तथा नागरिक आरोग्य केन्द्रको भवन उद्घाटन गरिएको छ ।
जिल्ला समन्वय समिति सल्यान र दार्मा गाउँपालिका सल्यानको साझेदारीमा एक करोड आठ लाखको लगानीमा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दै कार्यक्रम प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले भवन निर्माण कार्यले आफू खुसी भएको बताउदै प्रसुती सेवा तथा नागरिक आरोग्य केन्द्र बाट जनताले पाउनु पर्ने सेवाहरु छिटो छरितो र प्रभावकारी ढंग बाट पुर्याउन दार्मा गाउँपालिका लाई अनुरोध गरेका छ्न।प्रमुख अतिथि बिष्टले बाकी रहेको काममा जिल्ला समन्वय समितीले बजेटको ब्यवस्थापन गरेर सम्पन्न गर्ने प्रतिबद्धता गरेका थिय ।
उद्घाटन कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला समन्वय समिति सल्यानका उप प्रमुख हरि प्रकाश बुढाथोकीले दार्मा जस्तो बिकट गाउँपालिकामा उक्त भवन सहित सेवा प्रवाह गर्ने कुरा नमुना कार्य भएको बताएका छ्न,कार्यक्रमका अतिथि नेपाली काङ्ग्रेस सल्यानका जिल्ला उपसभापति निम बहादुर वली,नेपाल कम्युनिस्ट पाटी ( नेकपा ) का जिल्ला सदस्य अनन्त प्रशाद शर्मा, दार्मा गाउँपालिकाका उपाध्यक्ष टीका शर्मा,राष्ट्रिय योजना आयोगका योजना अधिकृत पर्शुराम पोखरेल, जिल्ला समन्वय समिति सदस्यहरू पोखर बहादुर खत्री, यज्ञ बहादुर चन्द, पत्रकार महासंघका अध्यक्ष प्रतीक शर्मा, प्रेस संगठनका केन्द्रीय सदस्य कृष्ण पौडेल, डाक्टर अनिश महोत्व,राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, जग्गादाता लगाएत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभा अध्यक्ष तथा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी ( अरुण )ले गाउँपालिकाको केन्द्रमा निर्मित उक्त भवनबाट एमबीबीएस डाक्टर सहितको ओपिडी सेवा,प्रसुती सेवा,आयुबेर्दिक सेवा प्रदान गरिने र दार्मा गाउँपालिकाका सबै वडाहरु, कुमाख गाउँपालिका र चौरजहारी नगरपालिकाका केही वडाहरुकाका सेवा ग्राहिले सेवा लिन सक्ने बताएका छ्न । दार्मा गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन दार्मा गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष चन्द्रबहादुर रावतले गरेका थिय ।