जिल्लामै पहिलो पटक सल्यानको थारमारेमा बन्यो ट्राफिक आइलन

२२ फागुन २०७७

सल्यानको बागचौर नगरपालिका वडा नं.२ थारमारे बजारमा ट्राफिक आइलनको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
बागचौर नगरपालिका वडा नं. २ थारमारे बजारमा स्थापना भएको ट्राफिक आइलनको शुक्रवार उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले कर्णाली प्रदेशका पहाडी भूगोलहरु मध्ये,सल्यान जिल्लाको थारमारेमा पहिलोपटक ट्राफिक आइलन निर्माण गरिएको बताएका छन् ।नगरप्रमुख बुढाथोकीले दुर्घटना न्युनिकरणका साथै सवारी साधनको ब्यवस्थापनमा आइलनको मुख्य भुमिका रहने बताउदै अन्य स्थानीय तहरुका प्रमुख ब्यापारेक केन्द्रहरुमा समेत आइलनको आवश्यकता रहेको बताएका हुन । बागचौर नगरपालिकाको आ व २०७७/०७८ को स्वीकृत कार्यक्रम अनुसार अस्थायी ट्राफिक पोष्ट थारमारे र थारमारे बजार ब्यवस्थापन समितिको संयुक्त पहलमा  थारमारे बजारमा निर्माण गरिएको ट्राफिक आइलनले उक्त क्षेत्रमा सवारी साधन दुर्घटनामा न्युनिकरण हुनुका साथै सम्पुर्ण सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी दिन महत्त्वपूर्ण भुमिका खेल्नेमा आफू बिश्वस्त रहेको बताएका छन् ।कार्यक्रमा बोल्दै नगरप्रमुख बुढाथोकीले आफ्नो भुमिका संगै बागचौर नगरको बिकासमा सहकार्य गर्ने ट्राफिक प्रहरी इन्चार्ज बिरेन्द्र खडायत लगाएत उनिको  टिमलाई धन्यवाद दिएका थिय ।
यस्तै अस्थायी ट्राफिक पोष्ट  थारमारेका इन्चार्ज बिरेन्द्र बहादुर खडायत ट्राफिक ब्यवस्थापन लाई सु ब्यवस्थित तरिकाले संचालन गर्नको लागी ट्राफिक आइलन निर्माण गरिएको बताएका छन् । बजारमा हुने सडक दुर्घटनामा न्यूनीकरण र सवारीचालक हरुलाई ट्राफिक नियमहरुमा सजक बनाउनको लागि ट्राफिक आइलनको महत्त्वपूर्ण भुमिका रहने बताएका हुन ।इन्चार्ज कठायतले पहाडी सडकहरुमा सवारी साधन दुर्घटना हुनुको मुख्य कारण घुम्तीहरु भएकाले पहिलो चरणमा बागचौर नगरपालिका संग सहकार्य गरेर घुम्तीहरुलाई फराकिलो गराउने काम गरिरहेको बताए ।उनले सल्यान जिल्लाका दस वटै स्थानीय तहहरुलाई आफ्नो स्थानीय तह भित्र पर्ने मुख्य सडकका घुम्तीहरु लाई सुधारका साथ फराकिलो गराउने कार्यमा लाग्न अनुरोध गरेका छ्न। इन्चार्ज खडायतले अब तत्कालै शिद्वकुमाख गाउँपालिकाको ढोरचौर देखि सल्यान र रुकुमको सिमाना खौला बजार सम्मका घुम्तीहरुलाई फराकिलो गराउनको लागि सम्बन्धित स्थानीय तहहरु संग सहकार्य गरेर काम थालनी गर्ने बताएका हुन । कार्यक्रममा थारमारे बजार ब्यवस्थापन समितिका पदाधिकारी,विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता,प्रहरी प्रशासन लगाएत बजारबासी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
 
प्रतिक्रिया दिनुहोस