आसन्न फागुन २९ गते हुन गैरहेको सल्यान उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा होमिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको प्रगतिशिल व्यवसायीक प्यानलले सल्यानको श्रीनगरमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बिहिवार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पाटी (नेकपा) प्रचण्ड नेपाल पक्षका प्रगतिशील प्यानल बाट अध्यक्ष पदका उम्मेदवार राजेन्द्र कुमार थापा ( Rk) ले ब्यवसायीक हकहित र व्यापार ब्यवसायको प्रवर्द्धनमा सल्यानी व्यापारी ब्यवसायीहरुलाई गोलबन्द गर्ने बताएका छन् । सल्यान जिल्लामा हजारौं जनाले ब्यापार ब्यवसाय गर्द्वै आएको तर भने जतिले सोचेजस्तो सफलता पाउन नसकेकोले त्यसलाई पनि सुधार गरेर लैजाने बताएका हुन । उनिले यो निर्वाचनमा आफ्नो नेत्तित्वमा गएको प्रगतिशील व्यवसायीक प्यानललाई अत्याधिक बहुमतले जिताउनको लागि सहयोग गरिदिन आफ्नो पाटी निकटका सम्पुर्ण जनबर्गीय संगठनहरुलाई अनुरोध गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा सल्यान उधोगबाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दर्ता गरेपश्चात प्रगतिशितल व्यवसायीक प्यानलको चुनावी तयारी, प्रचारप्रसार तथा सिंगो प्यानललाई कसरी विजयी वनाउन सकिन्छ भन्ने वारेमा छलफल समेत गरिएको थियो । सो अबशरमा नेकपा प्रचण्ड नेपाल पक्षका नेताहरुले सबै क्षेत्र संग सहकार्य गर्दै सिंगो प्यानललाई विजयीको लागी शुभकामना दिएका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षको समर्थनमा प्रगतिशिल प्यानलबाट राजेन्द्र कुमार थापा ( Rk) ले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी, वाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भण्डारी, उद्योग उपाध्यक्षमा शंकर यरी, महासचिवमा मोहन सारु, सचिवमा बिकास डिसी र कोषाध्यक्षमा अशोक कुमार बोहोराले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा तीन जना महिला सदस्यहरु छपी वली, हिरा चन्द, बिमला गिरी, दलित सदस्यमा प्रकाश परियार, जनजाती सदस्यमा निरज सिंह, अल्पसंख्यक सदस्यमा मोहमद अक्तर राजाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सात जना खुल्ला सदस्यहरुमा रेशम बहादुर खड्का, सिता केसी, भुवन भट्ट, जयराम सिंह, पल्वीर नेपाली, हरी बहादुर दमाई, इश्वरी प्रसाद गौतम र बस्तुगत सदस्यमा राकेश जैसी रहेका छन् । निर्वाचन कार्यतालिका अनुसार आज बिहीवार
उम्मेदवारको नामावली उपर दावि विरोध तथा उम्मेदवारी फिर्ताको समय रहेको छ ।