सल्यान उधोग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका लागि थापा र बुढाथोकीको उम्मेदवारी

१९ फागुन २०७७

सल्यान उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा अध्यक्षका लागी दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

 

 

उधोग बाणिज्य संघ सल्यानको नयाँ नेतृत्व चयनमा फाल्गुन २९ गते हुने निर्वाचनका लागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षबाट राजेन्द्र कुमार थापा ( Rk) ले अध्यक्षमा उम्मेदवारी दिएका छ्न भने,नेपाली काँग्रेस, नेकपाको( केपि समुह )र राप्रपाको संयुक्त प्यानलको तर्फबाट कुमार बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै नेकपा (प्रचण्ड नेपाल )पक्ष बाट बरिष्ठ उपाध्यक्षमा हरिलाल डिसी,बाणिज्य उपाध्यक्षमा बिरेन्द्र प्रकाश भण्डारी,उधोग उपाध्यक्षमा शंकर यरी,महासचिवमा मोहन सारु,सचीवमा बिकास डिसी, कोषाध्यक्षमा अशोक कुमार बोहरा,महिला सदस्य छ्पी वली,हिरा चन्द,बिमला गीरी,दलित सदस्य प्रकाश परियार एन.बि जनजाति सदस्य निरज सिंह,अल्पसंख्यक सदस्य मोहमद अक्तर राजा र खुल्ला सदस्यहरुमा रेशम बहादुर खड्का,सीता केसी,भुवन भट्ट,जयराम सिंह,पल्बीर नेपाली हरीबहादुर दमाई,इश्वरी प्रशाद गौतम र राकेश जैसीले उम्मेदवारी दर्ता गराएका हुन ।

यस्तै संयुक्त प्यानल बाट बरिष्ठ उपाध्यक्ष बिरेन्द्र श्रेष्ठ,बाणिज्य उपाध्यक्ष भरत बस्नेत,उधोग उपाध्यक्षमा प्रेमबहादुर पुन,महासचिवमा रुपक बुढा,सचीवमा सुरेश केसी र कोषाध्यक्षमा सुरेन्द्र बुढा, महिला सदस्य सरीता रावल गीरी,अमृता कुमारी बोहरा,लक्ष्मी शार्की,दलित सदस्य अर्जुन नेपाली,जनजाति सदस्य कमल घर्तीमगर,अल्पसंख्यक सदस्य जब्बर अलि,खुल्ला सदस्यमा निर्मल कुमार शर्मा,सोभाराम बस्नेत,भिमबहादुर वली,निमबहादुर रोका,तेजबहादुर खड्का,जय कृष्ण शर्मा,झक्कु प्रशाद रावत मेघराज सुनारले उम्मेदवारी दर्ता गराएका हुन ।

 

 

निर्वाचन कार्यतालिका अनुसार फागुन २० गते उम्मेदवारको नामावली उपर दाबी बिरोध तथा उम्मेदवारी फिर्ताको समय रहेको छ भने फागुन २१ गते उम्मेदवारको नामावली उपर छानबिन तथा अन्तिम नामावली प्रकाशन र नमुना मतपत्र प्रकाशन, फागुन २९ गते मतदान र मतगणना र चैत्र १ गते मत परिणाम घोषणा गर्ने र बिजयी उम्मेदवारलाई प्रमाणपत्र बितरण र पद तथा गोपनीयताको कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत बीरबहादुर सेजवालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस