सल्यानको बागचौर नगरपालिकाले बैंक सम्म जान नसक्नेहरुका लागी सामाजिक सुरक्षा भत्ता घरमै गएर बितरण गर्द्वै आएको छ ।
सामाजिक सुरक्षा भत्ता बैँकिङ प्रणालीबाट वितरण गर्ने निति भएपनि बैँक सम्म आउन नसक्ने पुर्ण अपांग तथा अशक्त र ९० बर्ष उमेर माथिका सबै जेष्ठ नागरिकहरुको घरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । नगर भित्र झण्डै ३ हजार ब्यक्तिहरुले विभिन्न किसिमको सामाजिक सुरक्षा भत्ता पाउदैँ आएको र त्यस मध्य पहिलो चरणमा नगरका १२ वटै वडामा रहेका पुर्णअपांग तथा अशक्त र ९० बर्ष उमेर माथिका सबै जेष्ठ नागरिकहरुको घरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको नगरपालिका, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख धनेश्वर खड्काले बताएका छन् । नगरको वडा नं.७ र ९ का सम्पुर्ण पुर्ण अपांग,अशक्त तथा ९० बर्ष माथिका सबै जेष्ठ नागरिकहरु लाई घरमै गएर भत्ता बितरण गरिएको र अन्य सम्पुर्ण वडाहरुमा पनि सामाजिक सुरक्षा भत्ता बितरण गर्न आफुहरु तत्कालै जाने शाखा प्रमुख खड्काले बताए ।उनले नगरपालिकाका झण्डै २ सय नागरिकहरुलाई घरमा नै गएर भत्ता वितरण गरिने समेत बताएका छन् । ‘ खड्काले जो बैँक सम्म आउन सक्दैन उनिहरुको लागि घरमा नै पुगेर पहिलो चरणमा भत्ता उपलब्ध गराउने , दोस्रो चरणमा भत्ता पाउने ब्यक्तिले इच्छाएको ब्यक्ति आबश्यक प्रक्रिया पुर्याएर आएमा उपलव्ध गराउने तयारी रहेको बताए ।
यसरी घरमा नै सामाजिक सुरक्षा भत्ता पाएपछि नागरिकहरु खुसी भएकको बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बताएका छन् पुर्णअपांग तथा अशक्त र ९० बर्ष उमेर माथिका जेष्ठ नागरिकहरुको सहजताको लागी आफुहरुले घरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको बुढाथोकीले जानकारी दिय ।