२ थान भरुवा बन्दुक सहित २ ब्यक्ति पक्राउ

१८ फागुन २०७७

 

सल्यानमा अवैध भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. २ बस्ने ४५ वर्षीय कुल बहादुर सारुमगर र सोही ठाउँ बस्ने २५ वर्षीय कमल घर्तीलाई २ थान अवैध भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सारुले घर नजिकै खोल्सोमा स्याउलाले छोपी भरुवा बन्दुक लुकाई राखेको र घर्तीले आफ्नै खेतबारीमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कर्यालय कालिमाटीबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
Aa
 
प्रतिक्रिया दिनुहोस