कुमाख गाउँपालिकाको ९ औ गाउँ सभा तथा हिउदे अधिबेशन सम्पन्न ।

१७  फागुन २०७७

सल्यानको कुमाख गाउँपालिकाले ९ औ गाउँसभा तथा हिउँदे अधिबेशन सम्पन्न गरेको छ ।

 

सोमबार सम्पन्न गाउँसभामा बोल्दै कुमाख गाउँपालिकाकि अध्यक्ष दिलमाया बुढामगरले गाउँपालिकाका जन प्रतिनिधि,कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा इमानदारीताका साथ खटेर काम गर्न निर्देशन दिएकी छन् ।संघीयताको मर्म अनुसार जनताको हक अधिकारलाई स्थानीय तहमै सुनिश्चित गर्नको लागि आफुहरु लागि परेको बताउँदै अध्यक्ष बुढामगरले दृर्घकालिन बिकास निर्माणमा आफुहरु अगाडि बढिरहेको बताएकी छिन् ।उनले कुमाख गाउँपालिका कृषि,पर्यटन क्षेत्रको मेरुदण्ड भएकाले यसलाई अगाडि बढाउन सबैको आवश्यकता रहेको बताएकी हुन ।

 

गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको कुमाख गाउँपालिकाले गाउँ सभा तथा हिउदे अधिबेशन बाट केही योजनाहरू संशोधन गरेको छ ।विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले बताएकी हुन। गाउँ सभाका सदस्यहरूले गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर बाट प्रस्तावित प्रस्तावहरू सर्वसहमतिले अनुमोदन गर्दै विगत ८ महिनाको प्रगति विवरणमा समीक्षा तथा विभिन्न जिज्ञासाहरू राखेका थिय ।

 

गाउँ सभामा बोल्ने बक्ताहरुले स्थानीय सरकारको जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिय । कार्यक्रममा कुमाख गाउँपालिकाका उपाध्यक्ष डिल्ली राज जैसी,प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती,वडा अध्यक्ष,कार्यपालिका सदस्य लगाएत सरोकारवाला ब्यक्तिहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस