सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ ।
सोमबार सम्पन्न भएको नगरसभामा निति तथा कार्यक्रममाथी छलफल गरिएको र केही योजनाहरु समेत संशोधित गरिएको नगरपालिकाले जनाएको छ । बनगाड कुपिण्डे नगरपालिका कार्यपालिका सदस्य बिच केही कुरा नमिल्दा निर्धारित समयमा नगर सभा हुन नसकेको नगर प्रमुख गोबिन्द पुनले बताए । आठौ नगर सभाको उद्घाटन गर्द्वै नगर प्रमुख गोबिन्द पुनले नगरमा फेरीपनी पुरानै रोग बल्झिएको बताएका छन् । उनले केही जन प्रतिनिधिहरु व्यक्तिगत स्वार्थमा बल्झिएकाले, त्यसको असर नगरपालिकाका सम्पुर्ण काम कार्वाहीमा परेको भन्दै दुख व्यक्त गरेका थिए । नगरप्रमुख पुनले जनप्रतिनिधि भैसके पछि आफुहरु जनताको साझा भएर काम गर्नु पर्ने बताए ।

आठौ नगरसभाले नगरका महत्वपूर्ण निर्णय माथि छलफल गर्दै, नगरपालिका भित्रका केही योजनाहरु थपघट र संसोधन गरेको बताइएको छ । बनगाड कुपिण्डे नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत,चक्रवहादुर रावतले सभामा एजेण्डा पेश गरेका थिए भने,निर्णयार्थ उक्त एजेण्डाहरु सभाले पास समेत गरेको थियो । नगर सभामा उपप्रमुख मञ्जु यरी, सभा सदस्य, शाखा प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियोे । सभाको सञ्चालन बनगाड कुपिण्डे नगरपालिकाका रोजगार संयोजक भिम पुनले गरेका थिय ।