नेकपाका विद्यार्थी नेता तिलकराज भण्डारीले प्रकाशन गरेको जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक सार्वजनिक भएको छ।
मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रमका बिच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तक विमोचन गरेका हुन्।पुस्तक बिमोचन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले,जीवन्त दस्तावेजको रुप जनयुद्धको हस्ताक्षर पुस्तक रहेको बताएका छन् । औपचारिक पुस्तक पढ्दा फरक खालको अनुभूति हुने भए पनि अनौपचारिक विषयका पुस्तक पढ्दा आनन्दको अनुभूति आउने र त्यहाँ भएका कुराहरुलाई भित्रैदेखि अनुभव गर्न सकिने समेत अध्यक्ष दाहालले बताएका हुन । अध्यक्ष दाहालले पुस्तकमा समवेदना, आवेग र पीडाहरुलाई ब्यक्त गरेकोले होला जनयुद्ध अबधिका सम्झनाहरु ताजा बनेर आएको बताए । यो एउटा पुस्तक मात्र नभएर दस बर्षिय जनयुद्ध इतिहासको जिवित दस्तावेज समेत भएको उनले बताएका थिय ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पुस्तकमा समावेश चिठ्ठीले त्यतिबेलाको जनयुद्धको वास्तविक धरातल बुझ्न सहयोग पुर्याउने र जनयुद्धको इतिहास लाई ताजा बनाउने समेत गरेको बताए । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा आदन–प्रदान भएका चिठीपत्रहरु समेटेर भण्डारीले पुस्तकको रुप दिएका हुन्। पुस्तकमा ११२ वटा चिठी पत्रहरु छन्। उक्त पुस्तकमा पत्र लेख्ने योद्धाहरु केही सहिद भइसकेका र केही बेपत्ता भएको नेकपाका विद्यार्थी नेता तथा पुस्तकका लेखक तथा सम्पादक तिलकराज भण्डारीले बताए ।
सल्यान शारदा नगरपालिका वडा नं.१४ स्याला डाडागाउँमा जन्मिएका तिलक राज भण्डारी २०५४ सालमा अखिल (क्रान्तिकारी)मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका थिय, उनी २०५६ सालबाट जनयुद्धमको भूमिगत राजनीतिमा होमिएका थिए भने २०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै जनयुद्धमा सक्रिय भएका भण्डारी, पछि विद्यार्थी राजनीतिमा अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष भएका व्यक्ति हुन्।