सल्यानका पत्रकारहरुलाई स्वास्थ्य सम्बन्धी अभिमुखिकरण

स्वास्थ्य सेवा कार्यालय सल्यानले,सल्यानका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धी अभिमुखिकरण (जनचेतना तालिम) दिइएको छ ।

बुधबार भएको कार्यक्रममा,जिल्लामा क्रियासील पत्रकारहरुलाई आधारभुत स्वास्थ्य सेवा तथा सामाजिक स्वास्थ्य सुरक्षा सम्बन्धी अभिमुखिकरण गरिएको हो ।
कार्यक्रमको सहजीकरण गर्द्वै स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले, नेपालको संविधान, २०७२ अनुसार आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने राज्यको दायित्व भएको बताएका हुन सरकारले आधारभुत स्वास्थ्य सेवा भित्र ३१ वटा विभिन्न सेवाहरु दिदै आइरहेको उनको भनाई रहेकाे थियो ।
मुटु रोग, मृगोला रोग, क्यान्सर, टाउकोमा लाग्ने चोट पटकको व्यवस्थापन, सिकल सेल एनिमिया, स्पाईनल कर्डइन्ज्युरी (ढाडको चोटपट)पार्किसन्स रोग र अल्जाइमर रोगको नेपाल सरकारले अति विपन्न, गरिब, नागरिकहरुलाई लक्षित गरी विभिन्न ८ वटा रोगकालागि उपचारमा सहुलियत प्रदान गर्दै आइरहेको समेत डिसीले बताए।

विभिन्न रोगको उपचारका लागि रू १ लाख सम्म औषधि उपचार सहुलियत प्रदान गर्दै आइरहेको, १४ वर्ष मुनी र ७५ वर्ष माथिका मुटुरोगका विरामीहरुकोलागि तोकिएका अस्पतालहरूमा निःशुल्क उपचार र मृगौला रोगको उपचारका लागि, मृगौला प्रत्यारोपण गर्नु पर्नेभएमा रु ४ लाख रुपैया सम्म, डायलाइसिस सेवा निःशुल्क प्रत्यारोपण पश्चात औषधि सेवनका लागि र प्रयोगशाला परिक्षण शुल्क रु १ लाख ५० हजार सहुलियत प्रदान गर्दै आइरहेको छ ।

निजी अस्पताल रहेका पालिकहरुमा गरिब, असहाय, बेवारिशे र विपन्नको उपचारका लागि अस्पतालले १० प्रतिशत रकम छुट्याउनु पर्ने प्रावधान रहेको र यसरी छुट्याइएको रकमवाट ति समुहका व्यक्तिहरूलाई उपचार सहयोग गरेको विवरण सम्वन्धित अस्पताले सहुलियत पाउने विरामीको फोटो सहित सार्वजनिक गर्नु पर्ने बताए । यसको लागि स्थानीय सरकारले अनुगमन तथा मुल्यांकन गर्नु पर्ने सुचना अधिकारी डिसीले बताएका छन

प्रतिक्रिया दिनुहोस