सल्यानमा भीरबाट खसेर एक महिलाको मृत्यु।

६फागुन, सल्यान
सल्यानमा भीरबाट खसेर महिलाको मृत्यु भएको छ ।
बाख्रा चराउन जंगल गएको बेला शारदा नगरपालिका वडा नम्बर ६ कौँछे निवासी ६४ बर्षिय तोली बुढाथोकीको भिरबाट लडेर मृत्यु भएको हो ।

बाख्रा सँगै घाँस बोकेर घर फर्किने बेला बुधबार दिउँसो ३ बजे तीर घर नजिकैको भालुखोला भन्ने भिरबाट झण्डै १ सय ५० मिटर तल खसेर उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शवको पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानको पोष्टमार्टम गृहमा राखिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस