सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण सम्बन्धि तीन दिने तालिम शुरु

५ फागुन २०७७
सल्यानको बागचौर नगरपालिकामा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण सम्बन्धी अभिमुखिकरण तथा दर्ता प्रणाली कार्यक्रम शुरु भएको छ ।

बुधबार तालिमको उद्घाटन गर्द्वै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले अबको युग डिजिटल युग भएकाले नगरमा कार्यरत कर्मचारीहरु अब नयाँ प्रविधि बारे जानकार हुनुपर्ने बताएका छन् । पक्षिल्लो समय डिजिटल प्रबिधी प्राय मानिसको पहुँचमा भएकाले यसको महत्व छुटै भएको बताएका छन् ।बुढाथोकीले तालिममा सिकेका कुराहरु वडा सचिव लगायत पञ्जिका अधिकारीहरुले पुर्ण जिम्मेवारीका साथ फिल्डमा पूरा गर्नु पर्ने बताएका छन् ।

बागचौर नगरपालिकाका निमित्त प्रमुख रामबहादुर हमालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको प्रशिक्षकमा बागचौर नगरपालिका सेवा इकाई बागचौरमा रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण शाखामा कार्यरत एम. आई. एस अपरेटरहरु धनेश्वर खड्का र खुमराज घर्ती रहेका थिय ।

तीन दिन सम्म संचालन गरिने कार्यक्रमको सहजीकरण बागचौर नगरपालिकाका सुचना अधिकृत तिर्थराज डाँगीले गरेका थिय । कार्यक्रममा नगरपालिकाका योजना शाखाका प्रमुख अधिकृत पुर्णबहादुर वली , नगरपालिकाका १२ वटै वडाका वडासचिव र पञ्जिकाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण शाखामा बागचौरका
फिल्ड सहायक बामदेव केसीले गरेका थिय ।

प्रतिक्रिया दिनुहोस