सल्यानमा पहिलो पटक माघ २३ र २४ गते इनडोर खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने

२१ माघ २०७७
सल्यानमा पहिलो पटक इनडोर खुल्ला व्याटमिन्टन प्रतियोगिता हुने भएको छ ।
नवशक्ति युवा क्लब र श्रीनगर व्याटमिन्टन क्लबको संयुक्त आयोजनामा सल्यान श्रीनगरमा खुल्ला व्याटमिन्टन प्रतियोगिता माघ २३ र २४ गते हुने भएको हो ।
प्रतियोगिता माघ २३ गते विहान ७ः०० बजे देखि संचालन हुने भएकाले माघ २२ गते साँझ ५ बजे सम्म नाम दर्ता गर्न समेत आयोजकले खेलाडीहरुलाई आव्हान गरेको छ ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारका साथ संचालन हुन लागेको प्रतियोगिताको प्रथम पुरस्कार क्रमस पहिलो,दोस्रो र तेस्रो लाई ३० हजार, २० हजार र १० हजार प्रदान गरिने श्रीनगर व्याटमिन्टन क्लवका अध्यक्ष तथा प्रतियोगिताका संयोजक नसिव श्रेष्ठले दियो अनलाइनलाई जानकारी दिए । प्रतियोगितामा सहभागी बन्नका लागि एक समुह बराबर १ हजार रुपैया दर्ता शुल्क तोकिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस