सल्यानकी ब्लड क्यान्सर पीडित बसन्ती विकलाई नवशक्ती युवा क्लब द्वारा आर्थिक सहयोग

सल्यानकि ब्लड क्यान्सर पीडित बसन्ती विकलाई आर्थिक सहयोग गरिएको छ ।
जिल्लाको शारदा नगरपालिका वडा नम्बर १२ रेशमज्यूला निवासी बर्ष २० कि ब्लड क्यान्सर पीडित युवती बसन्ती बिकलाई सोमबार आर्थिक सहयोग गरिएको हो ।

आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएकाले विभिन्न निकायहरुको सहयोगमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । नवशक्ती युवा क्लब शारदा नगरपालिका १ श्रीनगर र शिवजन माद्यामिक विद्यालय सितलपाटीमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुको सहयोगमा आर्थिक हस्तान्तरण गरिएको हो ।

विभिन्न निकायहरु बाट संकलित ३६ हजार ५ सय ३० रुपैयाँ हस्तान्तरण गरिएको क्लबका अध्यक्ष कुमार सिंह केसीले जानकारी दिए । उनले परिवारको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भएकाले आर्थिक सहयोग गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस