सल्यान खलंगामा बन्यो ३ लाख लिटर क्षमताको खानेपानी टंकी


६ माघ, सल्यान
तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत निर्मीत ३ लाख लिटर क्षमताको खानेपानी टंकी निर्माण पश्चात संचालनका लागि
खलंगा शीतलपाटी खानेपानी उपभोक्ता संस्थालाई आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानको हाताभित्र ठुलो क्षमताको टंकी निर्माण सम्पन्न गरि संचालनका लागि समयमै हस्तान्तरण गरिएको निर्माण व्यवसायी तथा प्राकृतिक निर्माण प्रा।लि।का प्रतिनिधि डिल्ली केसीले बताए ।
टंकी निर्माण संगै सचालनमा आएपछि खलंगा आसपासका वासिन्दालाई आलोपालो पानी वितरण गर्नु पर्ने बाध्यताको अन्तय भएको खलंगा शितलपाटी खानेपानी संस्थाका अध्यक्ष केशब बुढाथोकीले बताए ।
खानेपानी विभाग अन्तर्गत तेस्रो साना सहरी खानेपानी आयोजनाबाट उक्त टंकी र ७।९ किमी पाइपलाइन विस्तार गरिएको र जसको क्षमता ३ लाख लिटर रहेको परामर्शदाता इन्जिनियर भुजेलले बताए ।
अहिले सम्मकै ठुलो क्षमताको टंकी निर्माण र पाइपलाईन विस्तार संगै खलंगा शीतलपाटी आसपासका उपभोक्तालाई अव दैनिक रुपमा पानीको आपूर्तीमा सहज हुने भएको हो ।
गत असार १५ मा १ करोड ६३ लाख ६४ हजार लागतमा निर्माण जिम्मा पाएको प्राकृतिक निर्माण प्रालिले टंकी निर्माण कार्य सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस