बागचौरका मेयरको घर विद्यालयको जग्गामा नपर्ने सन्देश सहित विद्यालयले निकाल्यो विज्ञप्ति


जनकल्याण नमुना मावि थारमारेले मेयर लोकमान बुढाथोकीको जग्गा विद्यालयको जग्गामा नपर्ने सन्देश सहित विज्ञप्ति निकालेको छ ।

नेपाली काँग्रेस सल्यानका सभापति गणेश चन्दले निकालेको विज्ञप्तिमा विद्यालयको नाम जोडिएकोले आफ्नो ध्यानाकर्षण भएको जनकल्याण माविले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम प्रकाश भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा “नेपाली काँग्रेसको विज्ञप्तिको जवाफ दिँदै विज्ञप्तिमा लेखिएको छ ‘विद्यालयको बजार क्षेत्रको जग्गामा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार बनेका घर टहरा बाट विद्यालयले नियमित रूपमा भाडा लिई रहेको र सो बाहेक अन्य घर टहरा बाट भाडा नलिएको जानकारी गराउँदै प्रति ऐलानी जग्गाको एकीन गर्ने काम विद्यालयको नभएको बताइएको छ ।

थारमारेमा पौष २५ गते नेपाली काँग्रेसको भएको कार्यक्रममा राजनीतिक वादविवाद भएको थियो । त्यही विषयको विज्ञप्ति निकाल्ने क्रममा नेपाली काँग्रेसले मेयरको घर विद्यालयको जग्गामा पर्ने भए विद्यालयले भाडा उठाउनुपर्ने कुरा उठाएको थियो ।

प्रतिक्रिया दिनुहोस