राष्ट्रिय संगीतकर्मी संघ सल्यानको अध्यक्षमा कुल बहादुर वली निर्वाचित भएका छन् ।
शनिवार राष्ट्रिय संगितकर्मी संघ सल्यानको प्रथम अधिवेशनले वलीको अध्यक्षतामा १७ सदस्सीय समिति निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा प्रेमिका शर्मा, सचिवमा रविन रोका, सहसचिवमा चुडामणी पुन र कोषाध्यक्षमा लिला खत्री रहेका छन् ।
राष्ट्रिय संगीतकर्मी संघ सल्यानका नवनिर्वाचित अध्यक्ष वलीले नेपाली मौलिक कला, गला र संस्कृतिको संरक्षणका लागी यसको भुमिका महत्वपुर्ण हुने बर्ताए । सल्यानमा रहेको लोपोन्मुख कला संस्कृति तथा रितिरिवाजको संरक्षण एवं प्रवद्र्धन गर्नु नै सघंको प्रमुख दायित्व रहेको बताए ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले कला सस्कृती जोगाउन संघ ले भुमिका खेल्नु पर्ने बताए ।