सल्यानमा बसले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्युु

२९ पुस, सल्यान :
सल्यानमा बसले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्युु भएको छ । 

सल्यानको ढोरचौरबाट श्रीनगर तर्फ जाँदै गरेको ना ३ ख ९६४३ नम्बरको बसले श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुने मोटरसाइकल चालक शारदा नगरपालिका ६ बरला निवासी ३० वर्षीय बिरन्द्र भण्डारी भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलिले बताएका छन। 

बसले भन्डारीलाई बरला बजार नजिकै ठक्कर दिएको प्रहरिले बताएको छ। गम्भीर घाईते भन्डारीको उपचारको क्रममा जिल्ला अस्पताल सल्यान सल्यानमा मृत्यु भएको बताएको छ। ठक्कर दिने बसलाई प्रहरिले नियन्त्रणमा लिएको छ भने चालक अहिले सम्म फरार रहेको प्रहरिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस