बागचौर नगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिहरुलाई हिल ट्याङ्की बितरण


२५ पुष २०७७
सल्यानको बागचौर नगरपालिकाले नगर भित्र रहेका क र ख बर्गका अपांगता भएका ब्यक्तिहरुलाई हिल ट्याङ्की बितरण कार्य सुरु गरेको छ ।

शुक्रबार वडा नं. १, २ र ३ का घाइते अपांगता भएका ब्यक्तिका परिवारलाई हिलट्याङ्की बितरण गर्द्वै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले घाइते अपांगको सम्मान र सद्भावको लागि आफुहरुले हिलट्याङ्की बितरण गरिएको बताएका छन् ।स्थानीय सरकारले सबै बर्गलाई समेट्ने गरि विभिन्न कार्यक्रमहरु गरि रहेको र उक्त कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७५/०७६ र आर्थिक बर्ष २०७६/०७७ को बजेट अन्तर्गत नगर भित्र रहेका (क) र( ख) बर्गका घाइते अपांगहरुलाई हिलट्याङ्की बितरण कार्य सुरु गरिएको बताए । प्रमुख बुढाथोकीले शारीरिक रुपमा अशक्त भएका ब्यक्तिहरुको मनोभावना लाई उच्च राख्नको लागी पनि उक्त हिलट्याङ्की बितरण कार्यले टेवा पुर्‍याउने बताए ।कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले लगतै नगर भित्रका ७५ बर्ष भन्दा माथि उम्मेरका बृद्व बृद्वा लाई रेडियो बितरण गरिने कार्यक्रम रहेको बताएका छन् ।

पहिलो चरणमा बागचौर नगरपालिका वडा नं १,२ र ३ का ४० जना घाइते तथा अपांगता भएका ब्यक्ति र उनका परिवारलाई हिलट्याङ्की बितरण गरिएको नगर उप प्रमुख कल्पना पुनले बताइन उनले नगरका १२ वडाकै घाइते र अपाङ्गता भएका ब्यक्तिलाई १ हजार र ५ सय लिटरका हिल ट्याङ्की बितरण गरिने बताएकी हुन ।

मेयर संग जनता पानी संकलन हिल ट्याङ्की वितरण कार्यक्रममा वडा नं.३ का वडा अध्यक्ष टिकाराम केसी वडा नं. २ का कार्यवाहक अध्यक्ष टोप बहादुर डिसी,वडा नं. १ का वडा सचीव डम्बर बिक लगाएतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस