सल्यानमा ओली र प्रचण्ड समुहले गरे नेकपा पार्टी कार्यालयमा तालाबन्दी

पुस ७ , सल्यान ।
संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिको असर जिल्ला तहसम्म पुगेको छ । केन्द्रीय पार्टी कार्यालयदेखि विभिन्न जिल्लामा रहेका कार्यालयलाई ओली समूहका नेता कार्यकर्ताहरुले कब्जा गर्न थालेका हुन् ।

देशभरि ओली र प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताबीच विभाजन देखिएसँगै झडप हुन सक्ने परिस्थितिलाई लक्षित गरेर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । संसद विघटन र मध्यावधि निर्वाचनको पनि विरोध भइरहेकाले पनि देशभर सुरक्षाकर्मीको परिचालनलाई बढाइएको छ ।

यसै विच सोही विवादलाई लिएर नेकपा सल्यानको पार्टी कार्यालयमा नेकपाका अध्यक्ष ओली र प्रचण्ड नेपाल समुहले पार्टी कार्यालयमा आफ्नो दावि गर्दै दुवै समुहले तालावन्दी गरेका छन ।
दुवै समुह विच तनावको अवस्था बनेपछि अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको छ । नेकपा पार्टी कार्यालय सल्यानमा अवस्था तनवापूर्ण भएको छ ।

प्रतिक्रिया दिनुहोस