मंसिर २७, सल्यान ।
सडक निर्माण तथा स्तरोन्नतीको कामले सल्यानमा तिव्रता लिन थालेका छन । शुक्रबार जिल्लाको बहुप्रतिष्ठित लुम्बिनी–रारा पर्यटकिय द्रुतमार्गको सल्यान सडक खण्डको ट्रयाक खुला गरिएको छ । प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन ।
उद्घाटन पछि भएको कार्यक्रमलाइ सम्बोधन गर्दै साँसद बस्नेतले देशको संविधान समाजवाद उन्मुख भएकाले समाजवादको आधार निर्माण गर्ने गरी काम भईरहेको बताए । एकथरी मान्छेले अहिले नै समाजवाद आउनुपर्ने जस्तो गरी सरकारलाइ विवादमा ल्याउन खोजेको भन्दै अहिले समाजवादको निम्ती तयारी भैरहेको धारणा राखे ।
उनले जनयुद्धको बलमा जनआन्दोलन भएको भन्दै माओवादीले हतियार नउठाएको भए गणतन्त्र नआउने बताए । उनले भने –“गणतन्त्र आएको छ, यसको संस्थागत विकास अनि रक्षा गरौं अनि समाजवादका निम्ती काम गरौं । अहिलेका सबै विकास समाजवादी व्यवस्था निर्माणका निम्ती भएको भन्दै उनले जनताका आधारभुत आवश्यकता बढेकोमा राज्यजले पनि ध्यान दिने बेला आएको बताए ।
त्यस्तै कार्यक्रममा सहभागी जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकीले व्यवस्थाको परिवर्तनले मात्रै जनता र सरकार नजिक भएकाले यसको संस्थागत गर्नेबेला आएको बताए । उनले स्थानीय सरकारको अधिकार संघिय सरकारले कटौती गर्दै निकम्बा बनाउन खोजेको आरोप लगाउदै जनताको निकटको स्थानीय सरकारलाइ बलियो बनाइनुपर्ने धारणा राखे ।
कार्यक्रमलाई सम्बोधनका क्रममा कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले अहिलेको विकास संघियताका कारण मात्रै सम्भव भएको भन्दै संघियताको उपलब्धी जनयुद्ध र जनआन्दोलनका कारण मात्रै भएको बताइन । उनले सरकारले २० बर्ष पहिला गरेका काम र अहिले गरेका कामलाइ तुलना गर्दा आकाश पातालको फरक भएको भन्दै यसलाइ अझ विस्तार गर्नुपर्ने धारणा राखिन ।
कुमाख ७ को जिमाली भेरी खोला देखि कल्लेखोला सम्मको ४ किलोमिटर नयाँ ट्रयाक खोलेपछि सल्यान चाख्लिघाट–कुमाख–जिमाली–त्रिवेणी झण्डै एक घण्टा छोटो हुनेछ ।
ट्रयाक जोडिएपछि अहिले कुमाख १, २, ३, ४ र ७ वडाका स्थानीयवासी तथा चौरजहारीबाट श्रीनगर आउने लाइ झण्डै १ घण्टा समय बचत हुनेछ । यो मार्ग हुलाकी मार्गको रुपमा पनि चिनिदै अाएको छ ।
भौतिक पुर्वाधार मन्त्रालय अन्तरगत सडक डभिजिन कार्यालय दाङले २ करोडमा ठेक्का प्रक्रिया बढाएपनि सविन कन्ट्रक्सन प्रा.लि.ले १ करोडमा उक्त सडकको नयाँ ट्रयाक खुला गरेको हो ।
सडकको ट्रयाक खुला भएपनि सडकमा नाली तथा ह्युमपाइप नभएसम्म नियमित गाडि चल्न नसक्ने भन्दै स्थानीयवासीले नियमित सडक संचालनका लागि पहल गर्न अनुरोध गरेका छन । उनिहरूले भैरहेका विकासलाइलाइ दिगो तथा निरन्तर बनाइराख्न नेताहरूलाइ भनेका छन ।
सविन कन्ट्रक्सनका अमृत देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दुर्गा बुढाथोकीले गरेका थिए भने सहभागीलाइ स्वागत तथा धन्यवाद वडाध्यक्ष तुलाराम बोहोराले गरेका थिए । स्यानीजिमालीमा भएको कार्यक्रममा स्थानीयवासीले जनप्रतिनिधिसंग अन्तरक्रिया गर्ने अवसर पनि पाएका थिए ।