मंसिर २० , सल्यान
सल्यानको शारदा नगरपालिका १ शितलपाटीमा रहेको शिव जन क्याम्पसमा ५० लाख लागतमा बन्ने प्रशासनिक भवनको आज एक कार्यक्रमका विच शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारीले शिलान्यास गरेका छन ।
भवन शिलान्यास पछि भएको कार्यक्रममा बोल्दै प्रमुख अतिति समेत रहेका नगर प्रमुख अधिकारीले नगरको स्रोत साधनले भ्याए सम्म सहयोग गर्ने बताए ।
त्यस्तै कार्यक्रममा विशेष अतिथि तथा शारदा नगरपालिका १ का वडाध्यक्ष नवरज बुढाथोकीले भौतिक पूर्वाधार संगै शैक्षिक क्षेत्रमा पनि क्याम्पस अगाडी बढ्नुपर्ने बताए ।
क्याम्पस प्रमुुख सुर्य नारायण शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता क्याम्पस संचालक समिति अध्यष किसान बुढाथोकीले थिए ।
विश्वविद्यालय अनुदान आयोगको ५० लाख अनुदानमा प्रशासनिक भवन बन्न लागेको बताइएको छ ।