परिवर्तनको संस्थागत गर्न लाग्नुपर्छः बस्नेत, दार्मामा १५ शैयाको अस्पताल शिलान्यास

मंसिर १५, सल्यान ।
संघिय साँसद टेक बहादुर बस्नेतले अहिलेको परिवर्तन शहिदको योगदानका कारण मात्रै सम्भव भएको बताए ।
अहिले मान्छेका आधारभुत आवश्यकता बढेको भन्दै पुर्व सामान्य प्रशासन मन्त्री बस्नेतले जनताको निम्ति बनेको सरकारले संचार, स्वास्थ्य, शिक्षा, विद्युतको क्षेत्रमा धेरै विकास गरेको बताए । दार्मा गाउपालिकाको रातामाटामा भएको कार्यक्रममा उनले जनताको लगानी अनुसार अहिलेका परिवर्तन सम्भव भएकाले यसको संस्थागत गर्न लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रमलाई सम्बोधन गर्दै दार्मा गाउपालिका अध्यक्ष नीम बहादुर केसी (अरूण) ले बहुवर्षिय ठेक्का प्रकिया अघि बढेको १ बर्ष पहिले नै जग्गा लिएर डिपिआर तयार भैसकेकाले १८ करोड खर्च गर्न विधि प्रक्रिया पुराएर बहुबर्षिय ठेक्कामा राख्न पहल गरिने बताए । अहिले दार्मामा रहने ५ शैयाको कोभिड अस्पतालमा निम्ती१ डाक्टर २ स्टाफनर्स को व्वस्थापनमा लागेको भन्दै बहिरंग सेवा सहित आधारभुत स्वास्थ्य सेवा सहितको प्रसुति सेवा फारूलाबाट संचालन गरिने बताए ।
आज राष्ट्रिय कार्यक्रम अनुसार देशभरीमा ३९३ स्थानीय तहमा बन्ने अस्पतालमा शिलान्यासको कार्यक्रम भएका छन ।अस्पतालका निम्ति १४ जनाले ३३ रोपनी जग्गा दान गरेका छन । जग्गादातालाई असविर बुढाथोकीले जग्गादान गर्ने अवसरमा पालिकालाई धन्यवाद दिएका छन । उनले भवन निर्माणका निम्ति अनवरत काममा खटिने पनि बताए ।
उपाध्यक्ष टीका शर्मा वलीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालन वडा नं ४ का अध्यक्ष चन्द्र बहादुर रावतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस