मंसिर १५, सल्यान ।
सल्यानको कुमाख गाउँपालिकाले १५ शैयाको अस्पताल शिलान्यासका साथै ५ शैयाको कोभिड १९ अस्पतालको उद्घाटन गरेको छ । देशभरका ३९६ स्थानीय तहमा एकैदिन उद्घाटन भएको शिलान्यासमा कुमाखमा ५ शैयाको कोभिड अस्पतालको पनि शुरुवात गरिएको हो ।
गाउँपालिका स्तरिय अस्पतालमा एमविविएस डाक्टर लगायत ६ स्वास्थ्यकर्मी रहनेछन । अस्पतालले कोभिडका साथै प्याथोलोजी सेवा, प्रसुती सेवा, वहिरंग सेवा, इमर्जेन्सी स्वास्थ्य सेवा प्रदान गर्नेछ । ३ महिनाको सेवा संचालनका लागि कोभिड अस्पताललाइ संघीय सरकारले सहयोग प्रदान गरेको हो भने बाकी समयका अन्य सेवाहरु गाउँपालिका आफैले थपेको हो ।
तत्कालिन कालागाउँ गाविसको ५ रोपनी जग्गाका साथै स्थानीय कुल बहादुर गिरी तथा गणेश बहादुर गिरीले प्रदान गरेको ४ रोपनी गरी ९ रोपनी जग्गामा अस्पतालको शिलान्यास गरिएको हो ।
जग्गा प्रदान गरेका दुवै शहिद तथा अपांग परिवार हुन । सहिद भुपेन्द्र प्रकाश गिरी, राम बहादुर गिरीका दाइ कुल बहादुर गिरी अनि घाइते किरण गिरीका बुवा गणेश बहादुर गिरीलाइ गाउँपालिकाले कार्यक्रममा सम्मान पनि गरेको छ ।
नयाँ अस्पतालको शिलान्यास तथा कोभिड १९ को उद्घाटन संघिय साँसद टेक बहादुर बस्नेतले गरेका हुन । उनले अहिलेको परिवर्तन शहिदको बलिदान र जनताको योगदानका कारण मात्रै सम्भव भएको भन्दै अहिलेका सबै उपलब्धीको संस्थागत गर्नुपर्ने बताए ।
मान्छेका आधारभुत आवश्यकता बढेको भन्दै पुर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले जनताको निम्ति बनेको सरकारले संचार, स्वास्थ्य, शिक्षा, विद्युतको क्षेत्रमा धेरै विकास गरेको बताए । ४ नं वडाको सेराडाँडामा भएको कार्यक्रममा उनले जनताको लगानी अनुसार अहिलेका परिवर्तन सम्भव भएकाले यसको संस्थागत गर्न लाग्नुपर्ने धारणा राखे ।
अनमी, अहेवबाट स्वास्थ्य सेवा लिन नपाएकाहरु अहिले एमविविएस डाक्टरबाट सेवा लिनु भनेको संघियताको उपलब्धी भन्दै यसलाइ सहिदको बलिदानको उपलब्धीसंग जोड्नुपर्ने उनको भनाइ थियो । अस्पताल निर्माण पछि सेवा संगै रकम र समयको पनि बचत हुने भन्दै उनले अवका दिनमा आधारभुत आवश्यकतालाइ समाजवादसंग जोड्नुपर्ने बताए ।
कार्यक्रमलाइ सम्बोधनका क्रममा कर्णाली प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली सरकारले कुमाखको निम्ती सधै अग्रभागमा रहेर काम गरेको भन्दै कर्णाली सरकारले गरेका कामको प्रचार पनि गरेका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य उमाकान्त शर्मा, मुख्यमन्त्रीका सल्लाहकार भीम प्रकाश शर्मा, नेकपाका युवा नेता रमेश मल्ल, जिल्ला समन्वय समितिका उपप्रमुख हरि प्रकाश बुढाथोकी, नेकपा कुमाख गाउँपालिका अध्यक्ष चन्द्र बहादुर राना, सचिव भैरव शाह, युवा नेता गणेश शाही लगायतले सम्बोधन गरेका थिए ।
गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाइ उपाध्यक्ष डिल्लीराज जैशीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन निमित्त प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले गरेका थिए ।