सल्यानमा ४ करोड बजेटका २८ वटा योजनाहरु छनौट


मंसिर १०, सल्यान ।
स्थानीय पुर्वधार विकास साझेदारी कार्यक्रमबाट सल्यानमा यस आर्थिक वर्ष २०७७र०७८ मा ४ करोड बजेटका २८ वटा योजनाहरु छनौट गरिएको छ ।

बुधबार जिल्ला समन्वय समिती सल्यानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै संघिय सांसद टेकबहादुर बस्नेतले २८ वटा योजनाहरुको सार्वनजिक गरेका हुन् । छनोट भएका योजनाहरु सडक, पुल, शैक्षिक क्षेत्र, सिंचाइ, खानेपानी पुर्वधार रहेका छन् । ५ लाख देखि ३० लाखसम्मका २८ वटा योजना यसवर्ष सल्यानमा छनोट गरिएको प्रतिनिधि सभाका सदस्य टेक बहादुर बस्नेतले बताएका हुन् ।

सबैभन्दा बढी बजेट सडक निर्माणमा बिनियोजन गरिएको सांसद बस्नेतले बताए । सडकमा मात्रै २ करोड २० लाख रहेको छ । जिल्लाभर १० वटा सडकका योजनाहरु छनोट भएका छन् ।
त्यसैगरी शैक्षिक क्षेत्रमा ७५ लाख विनियोजन गरिएको छ । शैक्षिक क्षेत्रमा विद्यालयको फिल्ड निर्माण, भौतिक संरचना, गेट निर्माण तथा घेरबार रहेको छ । जसमा ८ वटा विद्यालय छनोट भएका छन् ।
त्यस्तै सिंचाइमा जिल्ला भर ३ वटा योजनाहरु छनोट भएका छन् । जसमा २८ लाख बजेट छ । खानेपानीमा पनि ३८ लाखका ३ वटा योजनाहरु छनोट भएका छन् । अन्य पुर्वधारमा ३४ लाखका ४ वटा योजनाहरु छनोट भएका छन् ।

योजनाको शिर्षक र बजेट यस्तो रहेको छ ।

सडक पूर्वाधार अन्तरगत
१० कालीमाटी–४, खैरेनी–छापडाँडा–बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुला जोड्ने सडक ट्रयाकओपन गर्न रु २० लाख ।
२० कालीमाटी–२, जुगेना–फारुला–पैँयाकाँडा–कोछठ्ठे–नयाँ वन जोडने सडक ट्रयाक ओपन रू २० लाख ।
३० जिल्ला पर्यटकीय चक्रपथ, सल्यान त्रिवेणीको मख्खनटाकुरी–गैरीकटेरी–करेलीचौर–कालापोखरा–अखेला जोडने सडक ट्रयाकओपन तथा स्तरबृद्धि रू २० लाख ।
४० कपुरकोट–३, कपुरकोट–झुलनेना–सिमलकुना– दाङ्गको हलवार जोडने सडक ट्रयाक ओपन रू ३० लाख ।
५० छत्रेश्वरी–५, लेखपोखरा–झिम्पे ठूलीखर्क–राँगोहाने जोडने सडक ट्रयाकओपन रू ३० लाख ।
६० छत्रेश्वरी–४, झिम्पे खोलागाउँ–झङखानीबाट कपुरकोट–६, सिनवाङ्ग खानीगाउँ जोडने सडक ट्रयाकओपन रू १० लाख ।
७० शारदा नगरपालिका–६, कजेरी सापमाराबाट शारदा नगरपालिका–५, सेजुवालटाकुराको साइलेकम्द हुँदै सल्यान खलङ्गा जोडने सडक ट्रयाकओपन रू २० लाख ।
८० सिद्धकुमाख–३, माझखर्क–शारदा नगरपालिका–७, कजेरी कालिका मा।वि।जोडने सडक स्तरबृद्धि गर्न रू १० लाख ।
९० जिल्ला पर्यटकीय चक्रपथ, सल्यान बन्गाड कुपिण्डे नगरपालिका–११, माँझकाँडाको लक्षुहाले–रैकर जोडने सडक ट्रयाकओपन रू ३० लाख ।
१।१०० बागचौर नगरपालिका–९, कोटमौला लिउरेवारी–कोटबाराको गाँराकोट–परीलेख–मौरीघारे–चार जोडने सडक ट्रयाकओपन तथा स्तरबृद्धि रू ३० लाख ।
शैक्षिकरविद्यालय पूर्वाधार
१० कपुरकोट–४, धनबाङ्ग सरस्वती आधारभूत विद्यालय चुनवाङ्ग गाँरापानी घेरवार गर्न रू ७ लाख ।
२० शारदा नरपालिका–१३, स्यानीखाल अत्तरकाँडा दिपेन्द्र चौतारा आधारभूत मा घेरवार, टिनको छाना फेर्न रू ७ लाख ।
३० शारदा नगरपालिका–११,जनचेतना आधारभूत विद्यालय भौतिक संरचना निर्माण रू ८ लाख ।
४० बन्गाड कुपिण्डे नगरपालिका–६, घाँजरीपीपल श्री राधा नि।मा।वि। घेरबार गर्न रू ७ लाख ।
५० कुमाख गाउँपालिका–३, स्वीकोट कालिका आधारभूत विद्यालय घेरबार गर्न रू ७ लाख ।
६० कुमाख गाउँपालिका–५, कालागाउँ अरनीको मा।वि।कोटनाउला गेट निर्माण तथा घेरबार निर्माण रू २० लाख ।
७० दार्मा गाउँपालिका–४, भल्चौरको लाँकुरीडाँडा कालिका आधारभूत विद्यालयको खेलमैदान निर्माण रू ९ लाख ।
८० बागचौर नगरपालिका–२, थारमारे बनेचौर मा।वि।को खेलमैदान निर्माण रू १० लाख ।
सिंचाई पूर्वाधार
१० सिद्धकुमाख गाउँपालिका–२, सिद्देश्वरी लामपाटा सिंचाई कुलो मर्मत सम्भार गर्न रू ८ लाख ।
२० कुमाख गाउँपालिका–२, स्वीकोट मैनचौर–रातामाटा–सिरवारखोला अधूरो सिंचाई आयोजना पूरा गर्न रू १० लाख ।
३० दार्मा गाउँपालिका–३, भल्चौर चैतेखोला–सोताखेत–भातमारे सिंचाई आयोजना रू १० लाख ।
खानेपानी पूर्वाधार
१० त्रिवेणी गाउँपालिका–२, काँरागिठी ढोरपानी खानेपानी आयोजना रू २० लाख ।
२० कपुरकोट गाउँपालिका–३, काले अधुृरो लिप्ट खानेपानी आयोजना पूरा गर्न रू ८ लाख ।
३० दार्मा गाउँपालिका–५, ढाकाडाम टिकेपातल धारा वितरण खानेपानी आयोजना रू १० लाख ।
सडक पुलर अन्य पूर्वाधार
१० शारदा नगरपालिका–१, पटनेरी जिल्ला आँखा अस्पताल भवन र्ममत सम्भार रू ५ लाख ।
२० छत्रेश्वरी गाउँपालिका–७, छायाक्षेत्र जिताठान प्रगतिशिल सामुदायिक २ कोठे भवन निर्माण आयोजना रू १० लाख ।
३० दार्मा गाउँपालिका–३, भल्चौर फारुला बजार दार्माखोला आर।सि।सि।सडक पुल निर्माण आयोजना रु १० लाख ।
४० डिपीआरर आइए जिल्ला पर्यटकीय चक्रपथ, सल्यान कपुरकोटदेखि मख्खनटाकुरी–त्रिवेणीको अखेलासम्म, कपुरकोट गाउँपालिका रू ९ लाख ।

योजना सार्वजानिकरण गर्द्वै सांसद बस्नेतले,स्थानीय पुर्वधार विकास साझेदारी कार्यक्रमबाट गत आर्थिक वर्ष सल्यानमा ६ करोड बजेट परेको थियो । कोरोना महामारीले गर्दा यस वर्ष २ करोड घटेर बजेट आएको संसद बस्नेतले बताए ।
उनका अनुसार गत वर्ष सल्यानमा २४ वटा योजनाहरु छनोट भएका थिए । गत वर्ष केहि अधुरा भएका योजनाहरुलाइ पनि क्रमागत रुपमा बजेट राखिएको उनले बताए ।
यी योजनाहरु सम्बन्धित क्षेत्रका स्थानीय तहहरुले कार्यन्वयन गर्ने प्रावधान रहेको सांसद बस्नेतले बताए । टेण्डर, सम्झौता, भुक्तानी स्थानीय तहले नै गर्ने र अनुगमन जिल्ला समन्वय समितीका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि र प्रतिनिधि सभाका सदस्यका प्रतिनिधिले गर्ने उनले बताए ।कार्यक्रममा उनले आयोजना बारे बोल्दै दृर्घकालिन महत्त्वका योजनाहरुलाई प्राथमिकता दिएको बताएका छन्

प्रतिक्रिया दिनुहोस