शारदा नगरपालिका १ को सम्पूर्ण क्षेत्र, २ को जोगिदेउखोला र ६को बरला मंसिर ६गते सम्म सिल ।


कार्तिक २९, सल्यान
कोरोना संक्रमनको उच्च जोखिममा रहेको शारदा नगरपालिकाको १ नम्बरमा पर्ने सल्यानको प्रमुुख व्यापारिक केन्द्र श्रीनगर, शान्तिनगर,बेलघारी क्षेत्र, वडा नं. २ को जोगिदेउखोला, वडा नं. ६ को बरला क्षेत्रहरुलाई मंसिर ६गते सम्म सिल गरिएको छ ।
सबैभन्दा बढि एकै दिन ३३ कोरोना संक्रमित भेटिएको श्रीनगर क्षेत्रमा बाहिर बाट आई व्यवसाय गर्ने व्यक्तिहरुलाई चाडबाडको समय भएकाले बाहिर नजान र बाहिरका व्यक्तिहरुलाई श्रीनगरमा नआउन कोरोना संक्रमित भएका १ नम्बर वडाध्यक्ष नवराज बुढाथोकीले आग्रह गरेका छन ।
केही दिन अघि मृत्युु भएका एक ब्यापारीमा कोरोना पुष्ठि र एक संक्रमीत भेटिएपछी श्रीनगर बजार कार्तिक २३ देखि २९ सम्म बन्द गरिएको थियो ।सो समयमा विहान ६देखि १० सम्म पसल खोल्ने गरिएको भएपनि आज देखि मंसिर ६सम्म अत्यावस्यक बाहेक कुनै पसल नखोल्न नपाइने भएको छ ।

विहिबार स्वाव संकलन गरिएका ४६मध्ये परिक्षणका क्रममा ३३ जनलाई कोरोना संक्रमन देखिएको थियो ।
सिल गरिएका क्षेत्रमा सवारी रोक्न,यात्रुु चढाउन, ओराल्न र हिडडुल नगर्न नगरपालिकाले आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस