वडाध्यक्ष सहित ३३ जनामा कोरोना संक्रमण,श्रीनगर सहित १ नंं. वडा थप एक साता सिल ।

कार्तिक २८ सल्यान ।
सल्यानको प्रमुख ब्यापारीक केन्द्र श्रीनगरमा एकै दिन वडाअध्यक्ष सहित ३३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।
बिहिवार ४६ जनाको स्वाव संकलन गरि परिक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजिटिभ आएको शारदा नगरपालिकाका कोरोना फोकल पर्सन रबिन बिस्ट्ले जानकारी दिएका हुन ।
केही दिन अघि मृत्युु भएका एक ब्यापारीमा कोरोना पुष्ठि र एक संक्रमीत भेटिएपछी श्रीनगर बजार कार्तिक २३ देखि २९ सम्म बन्द गरिएको थियो । भोलि देखि थप एक साता शारदाको १ नम्बर वडामा पर्ने श्रीनगर बजार सहित सम्पुर्ण क्षेत्रलाई सिल गरिएको नगरपालिकाले एक सूचना जारी गरि जानकारी गराएको छ ।
कोरिना बाट संक्रमीत बनेका वडाअध्यक्ष नबराज बुढाथोकीले संक्रमितहरुमा त्यस्तो लक्ष्यण नदेखिएको र सबै होम आइसुलेसनमा रहेको बताए । साथै उनले सबै वडा बासिलाइ सचेत, र सुरक्षीत रहन समेत आग्रह गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस