दलित बिकास समाज (डिडिएस) सल्यानद्वारा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य सामग्री वितरण

कार्तिक २८, सल्यान।
कोरोना महामारीको बेला अग्रभागमा रहेर काम गर्दै आइरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
सल्यानमा क्रियाशिल दलित बिकास समाज (डिडिएस) सल्यानले सुआहारा दोस्रो कार्यक्रमको सहयोगमा जिल्लामा सेवा गरिरहेका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहररुका लागि स्वास्थ्य सामग्री ९मास्क र सेनिटाइजर०हरु वितरण गरेको हो ।
जिल्लाका दशवटै स्थानीय तहका स्वयंसेविकाहरुलाई प्रतिब्यक्ति ५÷५ वटा मास्कर र १०० एम एलको १÷१ वटा स्यानीटाईजर स्थानीय तहमार्फत प्रदान गरिएको छ । नेपाल सरकारले यहि मसिर ११ र १२ गते ६ महिना देखि ५९ महिनासम्मका बालबालिकाहरुका लागी राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेकाले उक्र कार्यक्रमलाई लक्षित गरि उनीहरुको सुरक्षाका लागि डिडिएस सल्यानले २ हजार १ सय १६ थान मास्क र ४ सय २४ थान सेनिटाईजर वितरण गरेको सस्थाका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकीले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) को यस माहामारीको अवस्थामा महिला स्वयंसेविकाहरुलाई यसको संक्रमणबाट जोगाउन सहयोग पुर्योउदै राष्ट्रिय भिटामिन ए कार्यक्रम सफल रुपमा सम्पन्न गर्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले उक्त स्वास्थ्य सामग्री दिइएको बुढाथोकीले बताए । सबै सघंसस्था र सरोकारवालाहरुले आ–आफनो ठाउँबाट सहयोग गरेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सफल बनाउन संयोजक बुढाथोकीले सबैलाई आग्रह समेत गरेका छन् । युएस्एआईंडिको आर्थिक सहयोग तथा हेलेनकेलर इन्टरनेशनलको प्रमुख व्यवस्थापनमा सल्यान सहित मुलुकका ४२ वटा जिल्लाहरुमा सुआहारा(दोश्रो) कार्यक्रम सञ्चालनमा रहेको छ । यो कार्यक्रमले खासगरी हजार दिनका आमाहरुको पोषण तथा स्वास्थ्यको क्षेत्रमा नेपाल सरकारको एकीकृत पोषण तथा खाद्य सुरक्षा रणनीति ९२०१८–२०२२० अनुसार संघ, प्रदेश तथा स्थानीय तहहरुसंग मिलेर काम गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस