आइसियुमा रहेका गोसाइको उपचारको लागि बागचौर नगर प्रमुख द्वारा आर्थिक सहयोग

कार्तिक २४,सल्यान ।

अप्लास्टिक एनिमियाका कारण आइसियुमा रहेर उपचार गराइ रहेका श्री जनता मा.बि रागेचौरका निवर्तमान प्रधानाध्यापक नोख बहादुर गोसाइको उपचारका लागि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले पच्चीस हजार आर्थिक रकम सहयोग गरेका छन् ।

बिगत केही हप्ता देखि काठमाण्डौं नयाँ बानेश्वर स्थित सिविल अस्पतालमा भर्ना भइ आइसियुमा उपचार गराइरहेका गोसाइको उपचारमा सहयोग पुर्‍याउने उधेश्यले ब्यक्ति गत रुपमा उक्त रकम आफुले सहयोग गरेको बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बताएका हुन ।नगर प्रमुख बुढाथोकीले नोख बहादुर गोसाई सल्यान जिल्लाको शैक्षिक क्षेत्र एक महत्त्वपूर्ण ब्यक्ति भएकाले मानवताको नाताले उनको उपचार लाई सफल पार्न आ आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्न आफुहरुको दायित्व रहेको बताएका छन् ।

बिरामी नोख बहादुर गोसाइको नाममा रहेको हिमालयन बैङ्कको खाता नं ०५९०७५८९७४००१८ मा सोमबार उक्त रकम जम्मा गरेका नगर प्रमुख बुढाथोकीले सिघ्र स्वास्थ्य लाभको कामना गर्द्वै बिरामीको पारिश्रमिक तथा ब्यक्तिगत आयश्रोत बाट उक्त रोगको उपचार गर्न असम्भव रहेकाले सहयोगी मनहरुको आवश्यकता रहेको बताउदै देश बिदेशमा रहेका नेपाली हरुलाई सहयोग गरिदिन समेत आग्रह गरेका छ्न ।

कुमाख गाउँपालिका वडा नं. ७ जिमाली पाटकारेको सामान्य परिवारका गोसाइले कुमाख गाउँपालिकाको शिक्षा शाखा प्रमुखको रुपमा पनि काम गरे भने दुई दशक बढी शिक्षण पेशामा आबद्ध छ्न। बि. सं. २०५५ सालको एसएलसी शितल उ.मा.बी रुकुम चौरजहारी दिई रुकुम जिल्ला प्रथम बनेका गोसाइले स्नातक सम्मको अध्यन शिक्षा क्याम्पस सुर्खेत र स्नातकोत्तर त्रिभुवन बिश्वबिधालय कृतिपुर बाट गरेका छन् । विभिन्न बिधालयमा हजारौ बिद्यार्थी लाई शिक्षण गराएका गोसाइलाई यति बेला सबैको सहयोगको आवश्यकता रहेको पारिवारिक श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस