२३ कार्तिक, सल्यान
सल्यान श्रीनगरका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएपछि श्रीनगर बजार क्षेत्रलाई कार्तिक २३ देखि कार्तिक २९ गते सम्म सिल गरिएको छ ।
शारदा नगरपालिका वडा नं. १ ले एक विज्ञप्ती जारी गर्दै कार्तिक २३ गते विहान १० बजे देखि बजार क्षेत्र सिल गरिएको जनाएको छ ।
लक्ष्यण सहितका संक्रमित भेटिन थालेपछि आवश्यक सर्तकता र रोकथामका लागि बजार सिल गरिएको वडाध्यक्ष नवराज बुढाथोकीले दियो अनलाइनलाई बताए ।
विहान ६ देखि १० बजे सम्म सुरक्षा सावधानी अपानाएर बजार खोल्न दिने र त्यसपछिको समयमा अत्यावसकीय बाहेकका सबै पसल बन्द गर्न समेत विज्ञप्तीमा आव्हान गरिएको छ ।
कोरोनका कारण ज्यान गुमाएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति र उपचारमा संलग्न व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्न समेत बडाले आग्रह गरेको छ ।
वडा कार्यालयले जारी गरेको बिज्ञप्ती