सल्यानमा मोटरसाइकल दुर्घटनामा परि दाङका एक युबकको ज्यान गयो

कार्तिक १७, सल्यान ।
 माेटरसाइकल दुर्घटनामा परी सल्यानमा एक युवकको ज्यान गएकाे छ ।

सल्यानको लान्तीबाट श्रीनगरतर्फ आँउदै गरेको रा ३ प ४६४९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बाइक पछाडी सवार दाङ चिराघाटका पूर्ण रेउलेको ज्यान गएकाे हाे ।

दुर्घटना सोमबार बेलुका ६ बजेतिर लान्ती बजार नजिकै भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जानाएकाे छ । दुर्घटना हुँदा घाइते भएका
रेउले वायरिङको कामको लागी आजै दाङबाट सल्यान आएका थिए ।

दाङबाट गाडीमा लान्ति सम्म आएर लान्तिबाट उनी मोटरसाइकलको लिफ्ट लिई श्रीनगर तर्फ आउँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर लक्षमण ओलीले बताए ।

मोटरसाइकल चालक सल्यान शारदा नगरपालिका वडा नं. १३ अन्तरकाडा निवासी १८ वर्षिय सुमन बुढा र मोटरसाइकललाइ प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेकाे जनाएकाे छ । दुर्घटनामा चालक भने सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस