दार्मा र कुुमाखको सिमा मौलोहालेमा पहिलो पटक बिजुली बत्ति बल्दा बजारबासी हर्षित

प्रकाश शर्मा,दार्मा

कार्तिक ४,२०७७

दार्मा तथा कुमाख गाउँपालिकाको सिमाना बजार मौलोहाले सल्यानमा पहिलोपटक बिजुली बत्ति बल्दा बजारबासीहरु हर्षित भएका छन्।
बजार ब्यबस्थापन समितिद्वारा आयोजित एक समारोहका बिच दार्मा गापा अध्यक्ष निम बहादुर केसि र कुमाख गापा अध्यक्ष दिलमाया बुढामगर ९गिरी० ले संयुक्तरूपमा ब्यानर तथा स्वीच अन गरेर उद्घाटन गरेपछि बिजुली बलेको छ।
प्रमुख अतिथिको रुपमा उपस्थित अध्यक्ष निम बहादुर केसिले बजारबासीहरुको आबश्यकतालाई ध्यानमा राखी खानेपानी तथा सडक स्तर उन्नतिका लागि पहल भैरहेको बताए  । तस्तै कार्यक्रमका बिशिस्ट अतिथि दिलमाया बुढामगरले देश संघियतामा गएकाले जनताले बिकासको अनुभूति गरेको बताउदै जनताको आबश्यकता अनुसार स्थानीय सरकारले बिकास गर्ने बताइन ।।कार्यक्रममा कुमाख गापा उपाध्यक्ष डिल्लीराज जैसी,दार्मा गापा उपाध्यक्ष टीका शर्मा वली,दार्मा गापा ४नं वडा अध्यक्ष चन्द्र बहादुर रावत,कुमाख गापा ६नं वडा अध्यक्ष बिरवल शर्मा , नेकपाका जिल्ला सदस्य अनन्त प्रसाद शर्मा ,नेकपा दार्मा गाउँ कमिटी अध्यक्ष असबिर बुढाथोकी लगायतले शुभकामना मनतब्य राखेका थिए
बजार ब्यबस्थापन समिति अध्यक्ष अमर बोहोराको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमको संचालन खड्ग शाह र कर्ण बहादुर बोहराले स्वागत मनतब्य राखेका थिए  ।कार्यक्रममा उपस्थितहरुलाई माक्स समेत वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस