सडक मर्मतको विषयमा विवाद हुदा राष्ट्रिय युवा संघ रुकुमका जिल्ला सदस्य घाईते

४ कार्तिक रुकुम पश्चिम

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा सडक मर्मतको विषयमा विवाद हुदा राष्ट्रिय युवा संघका रुकुमका जिल्ला सदस्य धन वहादुर घर्ति घाईते भएका छन । चौरजहारी नगरपालिका भित्रका सडक मर्मत तथा संभारको जिम्मा लिएको एच।बि। ईन्जीनियरिगं एण्ड कन्ट्रक्सन प्रा।लि। का युवाहरु संग सडक मर्मतको विषयमा विवाद भएपछि घर्तिलाई कुटपिट गरी घाईते बनाएको प्रहरीले जानकारी दिएको छ ।
आफुहरु विच चौरजहारी नगरपालिका भित्रका सडक सफाई र अनुगमनको विषयमा सामान्य कुराकानी हुदा कन्ट्रक्सनका संचालक शन्देश प्रकाश वली र उनी संगै रहेका राहुल बुढाथोकीले सांघातिक आक्रमण गरी घाईते वनाएको घर्तिको आरोप छ ।
नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० निकट राष्ट्रिय यूवा संघका जिल्ला कमिटी सदस्य घर्तिले राजनितिक प्रतिशोधका आधारमा आफुलाई आक्रमण गरी घाईते वनाएको वताएका छन । उता एच।बि। कन्ट्रक्सनका सचालक वलीले सडक मर्मतको क्रममा काम लाई वाधा पुरयाएकोले विवाद भएको वताएका छन । प्रहरीले घटनामा संलग्न दुई जना युवाहरुलाई नियन्त्रणमा लिएको वताएको छ ।

नगरपालिकाले वर्षायमका कारण चौरजहारी नगरपालिका अन्तरगतका सडक खण्ड मर्मतको लागी गएको भाद्र १६ गते १५ दिनको ठेक्का आह्वानको सुचना जारी गरेको थियो ।

असोज ८ गते नगरपालिका र एच।बि। ईन्जीनियरिगं एण्ड कन्ट्रक्सन प्रा।लि विच भएको संझौता अनुसार वडा नम्वर २ देखि ८ सम्म ४२ हजार घनमिटर वडा नम्वर ९ देखि १४ सम्म ४२ हजार घनमिटर गरी कुल ८४ हजार सवै प्रकारको माटो हटाउने ठेक्का संझौतामा उल्लेख छ ।

भाद्र ३० गते वोल पत्र स्वीकृत गरी संझौता भएको मितिले एक हप्ता भित्र काम सम्पन्न गर्ने गरी रु ५० प्रतिसत र ४८ प्रतिसत विलोमा कर सहित रु २० लाख ४० हजार ७ सय ८० मा ठेक्का संझौता भएको थियो ।एच।पि। कन्ट्रक्सनले नगरपालिका भित्रका वडा नं। २ देखि ८ र ९ देखि १४ सम्मका सडकहरुको मर्मत तथा सरसफाईको कामको जिम्मा लिएको थियो ।
निर्धारीत समय भित्र काम सम्पन्न गर्न नसकेको र ठेक्का संझौतामा उल्लेख भए अनुसार काम नभएपछि राष्टिय सभा सदस्य ठकेन्द्र प्रकास पुरी, जिल्ला समन्वय प्रमुख राजकुमार शर्मा, चौरजहारी नगर प्रमुख विशाल शर्मा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, रुकुम पश्चिमका प्रहरी प्रमुख ठग वहादुर के।सी।, ईन्जीनियर लगाएतको टोलीले केहि हप्ता पहिले सडक अनुगमण गरेको थियो । अनुगमणको क्रममा सडक सफाई तथा मर्मतको काम चित्त वुझदो नभएपछि नगरपालिकाले उक्त ठेक्का संझौताको काम समेत रद्ध गरेको सुचना मार्फत जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस